Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

भाजपा नेतृ नुपुर शर्माको समर्थनमा वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । भारतीय जनता पार्टी (भाजपा) का पूर्व प्रवक्ता नुपुर शर्मा र नेता नविन जिन्दलको समर्थनमा वीरगंजमा शनिबार हिन्दु धर्मका अगुवाहरुले प्रदर्शन गरेका छन् ।

इश्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदका बारेमा नुपुर शर्मा र नेता नविन जिन्दलले नकारात्मक टिप्पणी गरेको भन्दै दुवै जनाको विरोधमा शुक्रबार वीरगंज मै मुस्लिम समुदायले भारतीय महावाणिज्य दूतावास अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । त्यसकाे भाेली पल्ट शनिबार हिन्दुवादीहरुले नुपुर शर्मा र नविन जिन्दलको समर्थनमा वीरगंजमा र्‍याली निकालेर प्रदर्शन गरेका हुन् ।

वीरगंजकाे गिता मन्दिरबाट निस्केकाे समर्थन र्‍याली माइस्थान, घण्टाघर, भारतिय राजदुताबास पुगेर पुन: घण्टाघर फर्केकाे थियाे । त्यसपछि पुन: माइस्थान, महाविरस्थान, आदर्शनगर, अलखियामठ, घडिअर्वा हुँदै माइस्थान मन्दिरमा पुगि काेण सभामा परिणत भएकाे थियाे ।

हिन्दुत्वको रक्षाको लागि एक हौ भन्ने मुल नारा लेखिएको ब्यानर, पम्प्लेट बोकेर हिन्दुवादीहरुले निकालेको समर्थन र्‍यालीमा सहभागीहरुले हिन्दु हुनुमा हामीलाई गर्व छ, भाजपा नेतृ नपुर शर्मालाई हाम्रो समर्थन छ लगायतका नारा लगाएका थिए ।

भाजपा नेताहरुले हिन्दु धर्मको रक्षाका लागि अभिव्यक्ति दिएकाले उनिहरुको समर्थनमा र्‍याली निकालेर प्रदर्शन गरिएको हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले बताए ।

साे समर्थन र्‍यालीमा हिन्दु परिषद नेपालका सचितानन्द दुबे, सुरेश साह कानु, अमाेद कुमार केंवट, उमेश साह कानु, संताेष सर्राफ, विजय गुप्ता, लालबाबु कुर्मी लगायत सयाैंकाे संख्यामा सहभागिता रहेकाे थियाे ।

मुस्लिम धर्मका बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै नुपुर शर्मा र नविन जिन्दललाई भाजपाले पार्टीबाट कारबाही समेत गरिसकेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...