Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

प्रदेशकाे बजेटमा हरवाचरवा सवाल विषयक गोलमेच छलफल

spot_img
spot_img

जनकपर । मधेश प्रदेशको जनकपुरधाममा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा हरवाचरवा सवाल विषयक गोलमेच छलफल कार्यक्रम सम्पन्न भएकाे छ । राष्ट्रिय हरवाचरवा अधिकार मंचका उपाध्यक्ष श्रीप्रसाद सदाकाे अध्यक्षता र मधेश प्रदेश दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

राष्ट्रिय हरवाचरवा अधिकार मंचका महासचिव लागेन्द्र सदाको स्वागत मन्तव्यबाट शुरुवात भएको सो कार्यक्रममा नेपाल सरकारको भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा गठित मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिका सदस्य गणेश विश्वकर्माले अध्ययन समितिको प्रतिवेदनको सारसंक्षेम प्रस्तुत गरेका थिए ।

सो प्रतिवेदनमाथि टिप्पणीसहित आगामी बजेटमा राख्नु पर्ने हरवाचरवाका सवालबारे राष्ट्रिय हरवाचरवा अधिकार मन्चका केन्द्रीय अध्यक्ष दशलाल मण्डल, द फ्रिडम फण्डका प्रतिनीधि बालाराम भट्टराई, समाजसेवी कोशिलाल यादव, सिआइसिका अध्यक्ष संजय शाह, श्याम सदा, राजमति मण्डल, रामदयाल सदा, राजदेव वीन, हसिना हुसेन लगायतका बक्ताहरुले आफ्ना धारणाहरु राखेका थिए ।

सबै वक्ताहरुले आगामी बजेटमा हरवाचरवाको सम्पूर्ण समस्या हल हुने खालको कार्यक्रम घोषणा हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा हालै सम्पन्न स्थानीय निर्वाचनमा हरवाचरवाको अर्थपूर्ण प्रतिनीधित्व नभएको, उल्टै हरवाचरवालाई किनबेचको साधन बनाएको प्रति सहभागिहरुले आक्रोस व्यक्त गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय हरवाचरवा अधिकार मन्चका केन्द्रीय अध्यक्ष दशलाल मण्डलले मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिको प्रतिवेदन कार्यक्रमका प्रमुख अथिति दलित विकास समितिका उपाध्यक्षसमक्ष कार्यान्वयनका लागि हस्तान्तरण गरेका थिए ।

प्रतिवेदन ग्रहण गर्दै प्रमुख अथिति रामप्रवेश बैठाले मधेश प्रदेशमा हरवाचरवा प्रथा मधेश विद्रोहबाट प्राप्त संघीयता र रुपान्तरणको कलंकको टीका भएको धाराणा राख्दै यो समस्या हल गर्न अध्ययन समितिले सिफारिश गरेका कार्यक्रमहरु र बजेट सहित कार्यानवयन गराउनका लागि आफूहरुले मुख्यमन्त्री समक्ष अनुरोध गर्ने वताए ।

उनले दलित विकास समितिबाट विभिन्न दलित केन्द्रीत कार्यक्रम भए पनि हरवाचरवा केन्द्रीत कार्यक्रम नभएकोले यो वर्षदेखि समितिले एउटा मूल एजेण्डा बनाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरे । यो कार्यक्रम हुनु अघि यही २०७९ जेष्ठ २५ गते मधेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघन महतोसंग डेलिगेशन सहित हरवाचरवा समस्या हल गर्ने उपायका बारे बृहत छलफल गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...