Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

जिसस पर्साकाे निर्वाचनमा जसपा-एमाले प्यानल विजयी

spot_img
spot_img

वीरगंज । जिल्ला समन्वय समिति (जिसस) पर्साको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेकाे प्यानल विजयी भएकाे छ । शुक्रबार भएको निर्वाचनमा जिसस पर्साको प्रमुखमा जसपाका निरन्जन साह सोनार, उप प्रमुखमा एमालेका पुरन कुर्मीसहितकाे पुरै प्यानल विजयी भएकाे हाे ।

जिससको प्रमुखमा सोनार र उप प्रमुखमा कुर्मी १५/१५ मत ल्याएर विजयी भएकाे मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । प्रमुखमा विजयी साेनारका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार सरोज चौरसीयाले १३ मत र उप प्रमुखमा विजयी कुर्मीका प्रतिस्पर्धी काँग्रेस कै सोनी पासवानले १३ मत पाएका थिए ।

जिससको ३ महिला सदस्यमा जसपाकी ब्यान्ति देवी कुर्मी, राजपति देवी र एमालेकी श्रीकान्ति देवी थरुनी विजयी भएका छन् । तिनै जनाले पनि १५/१५ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । उनीहरुका प्रतिस्पर्धी कांग्रेसका बसन्ती देवी थरुनी, भागवती देवी धिताल र सिता देवी थरुनीले १३/१३ मत पाएका थिए ।

एक दलित वा अल्पसंख्यक सदस्यमा एमालेका सुशिला कामी विजयी भएका छन् । कामी पनि १५ मत ल्याएर भएका हुन् । उनका प्रतिस्पर्धी लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का प्रमेम मुखिया विन १३ मत पाएका थिए ।

३ खुल्ला सदस्यमा  एमालेका रामप्रसाद यादव, सलिल मियाँ अन्सारी र जसपाका विजय कुमार कुर्मी विजयी भएका छन् । एमालेका यादव र अन्सारीले १५/१५ मत ल्याएर र कुर्मीले १६ मत ल्याएर विजयी भएका हुन् । उनीहरुका प्रतिस्पर्धी कांग्रेसका मनाेज प्रसाद राैनियार १२ मत, कांग्रेस कै संदिप कुमार साह र महबुद रायले १३/१३ मत पाएका थिए ।

मुख्य निर्वाचन अधिकृतकाे कार्यालय रहेकाे जिसस मै भएको निर्वाचनमा पर्साका १४ वटा पालिकाका प्रमुख र उपप्रमुख गरी २८ जनाले मतदान गरेका थिए । जस मध्ये कांग्रेसका १२, एमालेका १०, जसपाका ५ र लोसपाका १ मतदाता रहेका थिए ।

जिससकाे निर्वाचनमा जसपा-एमाले र कांग्रेस-लाेसपाले तालमेल गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...