Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

जिसस पर्सा निर्वाचन : नतिजा जे सुकै आउन सक्ने सम्भावना

spot_img
spot_img

वीरगंज । जिल्ला समन्वय समिति (जिसस) पर्साको नयाँ नेतृत्वकाे लागि शुक्रबार निर्वाचन हुँदै छ । सतारुढ गठबन्धनका जनता समाजवादी पार्टी (जसपा) नेपालले जिससकाे निर्वाचनमा नेकपा एमालेसंग मिलेर उम्मेदवारी दर्ता गराएपछि पर्सामा नयाँ राजनीतिक तरंग उत्पन्न भएकाे छ । 

२८ मतदाता रहेकाे जिससकाे निर्वाचनमा कांग्रेसका १२, एमालेका १०, जसपा ५ र लाेपसा १ जना मतदाता छन् । यस अधारमा सब भन्दा ठुलाे दल रहेकाे कांग्रसले जिसस प्रमुखमा दाबी गरेपछि जसपाले एमालेसंग तालमेल गरेकाे वताइन्छ । वीरगंज महानगरकाे निर्वाचनमा कांग्रेस र जसपाले तालमेल गरे अनुसार जिससकाे निर्वाचनमा एमाले शुन्य हुने डरले जसपालाई प्रमुख दिएर भएपनि तालमेल गरेकाे हाे ।

जस अनुसार एमाले-जसपा  मिलेपछि १५ जना र कांग्रेस-लाेसपा मिल्दा १३ जना मतदाता पुगेकाे देखिन्छ । यी दल बिच क्रस भाेटिङ नभए एमाले-जसपा गठबन्धनकाे जित निश्चित देखिन्छ । तर जसपा पर्साका अध्यक्ष रामनरेश यादवले जसपा-एमाले बिच तालमेल नभएकाे केही मिडिया वताएपछि जिससकाे निर्वाचन नयाँ माेड लिएकाे छ । त्यसका कारण नतिजा केही पनि हुन सक्ने सम्भावना रहेकाे छ ।

जसपाले जिसस प्रमुखमा उम्मेदवारी दिएको भएपनि उपसभापतीमा उम्मेदवारी दिएको छैन् । उप प्रमुखमा एमाले उम्मेदवारी दिएको छ भने सभापतीमा एमालेले उम्मेदावरी दिएको छैन् । यसैगरी ७ सदस्यकाे लागि ३ वटामा जसपा र ४ वटामा एमाले उम्मेदवारी दर्ता गराएकाे छ । यसले एमाले-जसपा बिच तालमेल भएकाे प्रष्ट गर्छ ।

महानगरको निर्वाचनमा मात्र गठबन्धन भएको र अन्य पालिकाकाे कार्यपालिकाकाे निर्वाचनमा पनि कांग्रेसले एमालेसंग तालमेल गरेकाे भन्दै जिससकाे निर्वाचनमा जसपाले एमालेसंग तालमेल गरेकाे वताइन्छ । निर्वतमान जिससका प्रमुख आफ्नाे दल भएका कारण यसपालि पनि आफ्नाे दल नै पाउनु पर्ने जसपाकाे दाबी थियाे । जस अनुसार एमालेले जसपालाई प्रमुख दिन मानेपछि तालमेल सम्भव भएकाे वताइन्छ ।

शुक्रबारका तय भएको जिसस पर्साको निर्वाचनमा काँग्रेसबाट प्रमुख पदमा सरोज चौरसीया र उप प्रमुख पदमा कुमारी सोनीको उम्मेदवार छन् । उनीहरुलाई लोसपाको समर्थन रहेको छ । लोसपासँग १ मत छ ।

यता जसपाबाट भने प्रमुखमा निरन्जन कुमार सर्राफ र उप प्रमुख पदमा एमालेका पुरण कुर्मी छन् । 

जसपा पर्साका सचिव तबरेज अहमदले गठबन्धन र सहमती फरक बिषय भएको बताउँदै गठबन्धन भन्दापनि नेकपा एमालेसँग सहमती भएको बताए । देशमै ५ दलिय गठबन्धनको सरकार रहेको छ । त्यसमा हाम्रो पार्टीको पूर्ण समर्थन रहेको भएपनि अवस्था हेरेर जिससमा एमालेसँग सहमतीको प्रयास भइरहेको उनले बताए । उनले कांग्रेससँग पनि यस बिषयमा कुराकानी भएको वताए ।

पर्सामा कांग्रेसले पनि स्थानिय तहको निर्वाचनमा थुप्रै ठाउँमा नेकपा एमाले अथवा अन्य दलसँग सहमती गरेको अहमदले बताए ।

यता नेकपा एमालेका पर्साका सचिव एवं छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले जसपासँग सहमती भएरै जिससमा उम्मेदवारी दिएको बताए । मत नेपाली कांग्रेस र एमालेसँग बढी भएपनि जसपा निर्णय शक्ति रहेको कारण शुन्यमा झर्नु भन्दा सभापती दिएर भएपनि नेकपा एमालले जिल्ला समन्वय समिति पर्सामा आफ्नो जित सुनिश्चित गर्न चाहेको सचिव गुप्ताले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...