Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

वीरगंजमा दुई दिने बृहत शैक्षिक मेला लाग्दै

spot_img
spot_img

वीरगंज । वीरगञ्जमा यही जेठ २७ र २८ गते बृहत शैक्षिक मेला हुने भएको छ । कृष्ण फाउण्डेशनको आयोजनामा यही जेठ २७ र २८ गते वीरगञ्जको लर्डस दियालोमा २ दिने शैक्षिक मेला हुन लागेको हो ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले भारतमा उच्च शिक्षा लिने चाहाने विद्यार्थीहरूलाई मध्यनजर गर्दै शैक्षिक मेलाको आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

भारत सरकारद्वारा मान्यता प्राप्त कलेजहरुमा २५ प्रतिशतदेखि शतप्रतिशत छात्रवृतिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई मध्यनजर गर्दै शैक्षिक मेला हुन लागेको कृष्ण फाउण्डेशनका निर्देशक सुजित कुमार कर्णले जानकारी दिए ।

दुई दिनसम्म चल्ने मेलामा भारतका विभिन्न किसिमका ख्याति प्राप्त विश्वविद्यालय, एवम् कलेजहरुका शिक्षकहरुले नै विद्यार्थीलाई निःशूल्क रुपमा परामर्श दिने निर्देशक कर्णले बताए ।

दुई दिनसम्म चल्ने मेलामा करिब ५ हजार विद्यार्थीहरुले परामर्श लिने उनले बताए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , जैन युनिभरसिटिका प्रतिनिधि आरके शर्मा लगायत सहभागी थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...