Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026

जगरनाथपुरका अध्यक्ष यादवले मागे गाउँबासीसंग राय, सुझाव

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गाउँबासीसंग राय सुझाव मागेका छन् । अध्यक्ष यादवले मंगलबार एक सूचना जारी गर्दै आर्थिक बर्ष २०७९/०८० काे निति, कार्यक्रम तथा बजेट तजुर्माकाे लागि राय सुझाव मागेका हुन् ।

अध्यक्ष यादवद्वारा राय सुझाव पेश गर्ने सम्बन्धि सार्वजनिक सूचनामा गाउँवासीकाे महत्वपूर्ण राय, सुझाव, गाउँपालिकाकाे कार्यालयमा माैखिक र लिखित रुपमा उपलब्ध गरईिदन हुन सम्बन्धित सबै सराेकारवाला (शिक्षाप्रेमी, बुद्धीजिवी, समाजसेवी, विकासप्रेमी, युवा, किसान) मा अनुराेध गरिएकाे छ ।

जारी सूचना अनुसार गाउँ कार्यपालिका कार्यालय जगरनाथपुरकाे सूचना प्राविधिक शाखामा अथवा गाउँपालिकाकाे इमेल jagarnathpurrm@gmail.com मा पठाउनु पर्ने छ । गाउँ सभा अघावै गाउँबासीसंग गाउँपालिका अध्यक्ष यादवले राय, सुझाव माग्नु राम्राे कार्य भएकाे स्थानियहरुले वताउँदै प्रशंसा समेत गरेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म...

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको...

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...