Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

जिसस पर्साकाे निर्वाचनमा एमाले-जसपा बिच गठबन्धन, कांग्रेसले एकलै उम्मेदवारी दिए

spot_img
spot_img

वीरगंज । जिल्ला समन्वय समिति (जिसस) पर्साको निर्वाचनमा सत्तारुढ गठबन्धनका जनता समाजवादी पार्टी (जसपा) नेपालले विपक्षी दल नेकपा एमालेसंग तालमेल गरेकाे छ । मंगलबार भएको जिसस निर्वाचनका लागि जसपा र एमालेले गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कांग्रेसले एक्लै उम्मेदवारी दर्ता गराएको छ ।

वीरगञ्ज महानगरपालिकाकाे मेयर, उप मेयर र कार्यपालिका सदस्यको निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको जसपाले जिससकाे निर्वाचनमा एमालेसँग गठबन्धन गरेकाे हाे । जिससकाे प्रमुखसहित ३ सदस्यमा जसपाले मनाेनयन दर्ता गराएकाे छ भने उप प्रमुखसहित ४ सदस्यमा एमालेले मनाेनयन दर्ता गराएकाे छ ।

महानगरमा कांग्रेस र जसपा मिलेर मेयर उपमेयर तथा बोर्ड सदस्य भागवण्डा लगाएका थिए । तर समन्वय समितिमा भने कांग्रेसले नेतृत्वको दावी गरेपछि जसपा एमालेसँग मिल्दै नेतृत्व हत्याउन पुगेको हो ।

१४ स्थानीय तहमध्ये १२ प्रमुख, उपप्रमुख कांग्रेसको हुँदा एमालेको १०, जसपाको ५ र लोसपाको १ रहेको छ ।

बढी मत आफुसँग रहेकाले नेतृत्व आफूले पाउनु पर्ने सत्तागठबन्धनमा कांग्रेसले दावी गरेपछि नेतृत्व जसले दिन्छ उसैसँग जिससको निर्वाचनमा तालमेल गर्ने रणनीति अपनाएर जसपाले छलफल अघि बढाएको थियो ।

एमाले जसपालाई नेतृत्व सुम्पदै उपप्रमुखमा चित्त बुझाउन राजी भए पछि जिल्ला समन्वय समितिको आउँदो २७ गते हुने निर्वाचनमा एमाले र जसपाबीच तालमेल भएको बुझिएकाे छ ।

जस अनुसार जिसस प्रमुखका लागि जसपाले वीरगञ्ज १५ बाट वडासदस्यमा निर्वाचित निरन्जन साह सोनार (अजय सर्राफ)लाई उम्मेद्वार बनाएको छ । उपप्रमुखका लागि भने बहुदरमाई नगरपालिकाका पुरन कुर्मीलाई एमालेले अघि सारेको छ ।

एमालेले उपप्रमुखसहित ४ सदस्य लिएको छ भने जसपाले प्रमुखसहित ३ सदस्य भागमा पाएको छ ।

यसैबीच नेपाली कांग्रेसले पनि जिसस नेतृत्वका लागि आफ्नो एकल उम्मेद्वारी दिएको छ । कांग्रेसले जिराभवानी गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेका सरोज चौरसियालाई प्रमुखको उम्मेदवार बनाएको छ भने वीरगञ्ज वडा नम्बर ९ की सदस्य सोनी पासवानलाई उपप्रमुखको उम्मेदवार बनाएको छ ।

यो निर्वाचनमा जसपा नै निर्णायक रहेकाले एमाले र कांग्रेस जसपालाई हातमा लिन लागि परेका थिए । महानगको मेयर छाडेको र बोर्डमा पनि समान हिस्सा दिएको कांग्रेसले जिससमा भने आफ्नो नेतृत्व ल्याउन चाहेको थियो ।

तर जसपाले नेतृत्व नछाड्ने अडान लिँदै एमालेसँग तालमेल गर्न पुगेपछि कांग्रेस बहुमत नभए पनि उम्मेद्वारी दर्ता गरेर औपचारिकता निभाउन बाध्य भएको छ ।

एमाले र जसपाले तालमेल गरेसँगै उनीहरुको मतसंख्या १५ भएको छ । कांग्रेस एक्लैसँग १२ छ । त्यसैले निर्वाचनमा प्रतिनिधिले मत क्रस नगरे जित एमाले जसपा गठबन्धनको हुने देखिन्छ । यसले २०७४ काे निर्वाचनमा जिससमा पुग्न नसकेको कांग्रेस यस वर्ष पनि जिससमा पुग्नबाट बन्चित हुने देखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...