Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026

जगरनाथपुर ६ का वडाध्यक्ष अयाेध्याले कामकाज गर्न पाउने

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष अयाेध्या प्रसाद कुर्मीकाे कामकाज गर्न बाटाे खुलेकाे छ । उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंजले जारी गरेकाे अन्तरकालिन आदेशलाई निरन्तरा दिनु पर्ने नदेखिएकाे जनाएकाे छ ।

एक मतले विजयी वडाध्यक्ष अयाेध्याका निकटतम् प्रतिद्वन्दी लक्षमण प्रसाद कुर्मीले दिएकाे मतगणना बदर गरी पुन: मतगणना गरी पाउँ मुद्दामा सुनवाई गर्दै जेठ १२ गते उच्च अदालतले वडाध्यक्षकाे हैसियतले कुनै पनि काम कार्यवाही नगर्नु, नगराउनु अन्तरकालिन आदेश दिएकाे थियाे ।

त्यही मुद्दामा इजलाश नं. ४ का न्यायाधीश लेखनाथ पाैडेल र न्यायाधीश गणेश प्रसाद बरालकाे संयुक्त इजलासले साेमबार गरेकाे आदेशमा जारी अन्तरकालिन आदेशलाई निरन्तरता दिनु पर्ने देखिएन उल्लेख छ ।

निवेदक लक्ष्मणकाे तर्फबाट अधिवक्ताहरु रामेश्वर सेढाई, प्रमाेद प्रसाद, विरेन्द्र प्रसाद यादव, कमलमाेहन पाेखरेल र विपक्षी अयाेध्याकाे तर्फबाट अधिवक्ताद्वय सुधिर कुमार कर्ण, पानालाल गुप्ताले बहस गरेका थिए भने विपक्षी सरकारी कार्यालयहरुकाे तर्फबाट उच्च सरकारी वकिल कार्यालय वीरगंजका सहायक न्यायाधिवक्ता विनाेद भट्टराईले बहस गरेका थिए ।

नेपाली कांग्रेसका उम्मेदवार लक्षमणलाई एक मतले हराउँदै वडाध्यक्षमा नेकपा एमालेका अयाेध्या विजयी भएका थिए । अयाेध्याले ९०४ मत पाउँदा उनकाे निकटतम् प्रतिस्पर्धी लक्षमणले ९०३ मत पाएका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...