Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026

श्री ने.रा.मा.वि. मसिहानीमा ४ काेठे भवनकाे शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ मा रहेकाे श्री ने.रा.मा.वि. मसिहानीमा साेमबार एक कार्यक्रमकाे बिच ४ काेठे भवनकाे शिलान्यास गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले विद्यालय भवनकाे शिलान्यास गरेका हुन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाखकाे लागतमा उपभाेक्ता समिति मार्फत दुई तल्ले भवन निर्माण हुने गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले वताए । अध्यक्ष यादवले समय मै विद्यालय भवन निर्माण कार्य सम्पन्न गर्न उपभाेक्ता समितिलाई निर्देशन समेत दिए ।

गाउँपालिका अध्यक्ष यादवकाे अध्यक्षतामा भएकाे शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष सुभाष यादव, विहारी महताे, लेखापाल सन्देश कुशवाहा, इन्जिनियर सदाम हुसेन, स्वास्थ्य शाखा प्रमुख प्रबेन्द्र साह लगायतकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म...

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको...

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...