Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

स्राेत नखुलेकाे रु ३७ लाखसहित पचराैताका कलवार पक्राउ

spot_img
spot_img
वीरगंज । स्राेत नखुलेकाे ३७ लाल २२० रुपैयाँसहित एक जनालाई काठमाडाै‌ं प्रहरीले पक्राउ गरेकाे छ । बाराका पचरौता नगरपालिका वडा नं. ७ घर भई हाल काठमाडाैं महानगरपालिकाकाे वडा नं. १३ बस्ने बर्ष ५४ को जयकमल साह कलवारलाई पक्राउ गरेकाे हाे । 
 
काठमाण्डौको टंकेश्वर कालीमाटी एरियाबाट गैरकानुनी रुपमा हुण्डीको कारोबार भई रहेको गोप्य सुचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले शनिबार पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
 
पक्राउ परेका कलवारकाे साथबाट स्रोत नखुलेको नेपाली रुपैया १७ लाख ६६ हजार ३ सय र भारतीय रुपैया १२ लाख ०८ हजार ७०० गरी बरामद भएकाे अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।
 
पक्राउ परेका कलवारलाई बराम रुपैयाँसहित थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाईएको अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...