Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

पर्सालाई पाँच अर्ब बजेट

spot_img
spot_img

वीरगञ्ज । १४ स्थानीय तह रहेको पर्सालाई आगामी आर्थिक वर्ष २०७९÷८० का लागि सङ्घीय सरकारले समानीकरण, सशर्त र विशेष अनुदान गरी करिब पाँच अर्ब १० करोड १६ लाख बराबरको बजेट विनियोजन गरेको छ ।

एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी वीरगञ्ज महानगरमा रु एक अर्ब ४४ करोड ८६ लाख र सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकालाई रु २१ करोड विनियोजन भएको हो ।

जसमध्ये तीन नगरपालिकालाई रु एक अर्ब ६४ लाख तथा दशवटा गाउँपालिकालाई दुई अर्ब ६४ करोड ६७ लाख बजेट विनियोजित भएको छ । यस्तै विनियोजित बजेटमध्ये पोखरिया नगरलाई रु ३३ करोड ३२ लाख, पर्सागढी नगरलाई रु ३१ करोड ४७ लाख र बहुदरमाई नगरलाई रु ३५ करोड ८५ लाख रुपैयाँ विनियोजित भएको हो ।

त्यसैगरी, छिपहरमाई गाउँपालिलाई रु २८ करोड ३५ लाख, जगरनाथपुरलाई रु २८ करोड ८९ लाख, धोबिनीलाई रु २२ करोड १२ लाख, पटेर्वासुगौलीलाई रु २८ करोड तीन लाख, विन्ध्यवासिनीलाई रु २४ करोड ४० लाख, सखुवाप्रसौनीलाई रु ३३ करोड ९८ लाख, ठोरीलाई रु ३१ करोड २६ लाख, कालिकामाईलाई रु २२ करोड २९ लाख, र जीराभवानी गाउँपालिकालाई २५ करोड ३५ लाख बजेट विनियोजन गरिएको हो ।

यस्तै विशेष अनुदानतर्फ आगामी बजेटका लागि वीरगञ्ज महानगरलाई रु दुई करोड, जगरनाथपुर गाउँपालिकालाई रु एक करोड ४४ लाख, पटेर्वासुगौली गाउँपालिकालाई रु दुई करोड, ठोरी गाउँपालिकालाई रु दुई करोड ८५ लाख र जीराभवानी गाउँपालिकालाई रु एक करोड विशेष अनुदान पाएको छ । यहाँको नौ स्थानीय तहले विशेष अनुदान पाएका छैनन् । रासस

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गौतम स्कूलमा सशस्त्र प्रहरी बलको भूमिकाबारे सचेतनामूलक कार्यक्रम

वीरगंज । गौतम स्कूल वीरगंजमा सशस्त्र प्रहरी बलको भूमिका सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका...

मानव बेचबिखन र लैंगिक हिंसा नियन्त्रणमा साझा सहकार्यको आवश्यकता

वीरगंज । मानव बेचबिखन तथा ओसारपसार एवम् लैंगिक हिंसाका घटना न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच एकीकृत समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ...

अलौं प्रिमियम लिगको उपाधि अलौं किंगसलाई, पूर्व मेयर सरावगीद्वारा ट्रफी वितरण

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १७ अलौंमा आयोजना गरिएको अलौं प्रिमियम लिग क्रिकेट प्रतियोगिताको उपाधि अलौं किंगसले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा...