Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

नेपका एस पर्साद्वारा पार्टीलाई मतदान गर्नेलाई धन्यावाद ज्ञापन

spot_img
spot_img

वीरगंज । नेकपा (एकिकृत समाजवादी ) पर्साले बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा पार्टीलाई मतदान गर्ने सम्पूर्णलाई अभार प्रकट गर्दै धन्यवाद दिएको छ ।

जिल्ला कमिटि पर्साले एक प्रेस बिज्ञप्ती जारी गर्दै जित र हार भनेको निर्वाचनको स्वभाविक परिणम भएकाे वताउँदै पुँजीवादी निर्वाचन प्रणालीमा पुँजीको उच्चत्म चलखेलमा पार्टी पराजित भएतापनि सम्मानजनक मत प्राप्त गर्न सफल भएकाे जनाएको छ ।

पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाद्वारा जारी बिज्ञप्ती मार्फत पार्टीको चुनाव चिन्ह कलम छापको झण्डालाई पर्सामा स्थापित गर्दै माथी उठाउन सफल भएको जनाइएकाे छ ।

पार्टीको केन्द्रिय निर्णय अनुसार चुनावी गठबन्धनिय कार्यनितिलाई कार्यवन्यनमा इमान्दार र प्रतिब्ध भएको जनाउँदै पर्सा जिल्लामा प्रतिगामी तथा दक्षिणपन्थी अवरवादलाई परास्त गर्न सफल भएको जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

जारी बिज्ञप्ती मार्फत सम्पन्न स्थानिय तहको निर्वाचनमा पर्सा जिल्लामा नेकपा एकिकृत समाजवादी पार्टी एक राजनितिक शक्तिको रुपमा स्थापित हुन सफल भएको जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...