Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

हावाहुरीले पर्साकाे ग्रामिण भेगमा क्षति, विद्युत् अवराेध

spot_img
spot_img

वीरगंज । पर्साको ग्रामीण भेगमा शुक्रबार राति आएको हावाहुरी तथा पानीले क्षति पुर्याएकाे छ । हावाहुरीका कारण गाउँका अधिकांश टोलमा विद्युत् पोलहरू ढलेका कारण अहिलेसम्म विद्युत् अवरोध हुनुको साथै दर्जनाैं घरकाे छाना उडाएकाे छ ।

धोबिनी गाउँपालिका वडा नं: १ र वडा नं. ३ काे एक दर्जन भन्दा बढी घरकाे छाना उडाउनुकाे साथै फुसकाे घर भत्केका छन् । वडा नं. ३ हरिहपुरका सुरेन्द्र प्रसाद कुर्मी, साहदेव साह कानु लगायतकाे घरमा हावाहुरीले क्षति पुर्याएकाे स्थानिय उपेन्द्र पटेलले वताए ।

यसैगरी हवाहुरीले छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ भलुवहिया आधा दर्जन भन्दा बढी पाेलहरु ढलेका छन् । त्यस कारण साे् क्षेत्रका बिधुत समेत अवराेध भएकाे छ । हावाहुरीको कारण किसानहरूले छरेको धानको बीउ समेत नष्ट भएका छन् ।

पोखरिया विद्युत् वितरण केन्द्रका अनुसार लङ्गडीमा आठ, भिखमपुरमा चार, बहुवर्वा क्षेत्रलगायत गरी १३ वटा स्थानीय तहमा ६० वटा पोल ढलेका कारण विद्युत् अवरोध भएको छ । आफूसँग भएको जनशक्ति रातिदेखि नै काम गरिरहेको कार्यालय प्रमुख जगरनाथ झाले बताए ।

प्रमुख झाका अनुसार विभिन्न गाउँमा अवरोध विद्युत् भोलि आइतवार बेलुकासम्म समाधान हुनेछ । रातिको आएको हावाहुरीको कारण ठोरीदेखि बिन्दवासिनीसम्म विद्युत् अवरोध भएको उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...