Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026

जगरनाथपुर गापा अध्यक्ष यादवद्वारा शिक्षा सुधार अभियानलाई निरन्तरता

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले शिक्षा सुधार अभियानलाई निरन्तरता दिएका छन् ।गाउँपालिकाकाे वडा नं. ५ मा रहेकाे श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानीमा शनिबार अभिभावक भेला गर्दै अध्यक्ष यादवले विद्यालयकाे समस्या र समाधान बारे छलफल गरेका हुन् ।

भेलामा सहभागि अभिभावहरुले विद्यालयमा शिक्षक अभाव, दिवा खाजा संचालन नभएकाे,  प्लस २ का शिक्षकहरुले तलब नपाए लगायतकाे गुनासाे गरेका थिए ।  

त्यसपछि भेलालाई सम्बाेधन गर्दै अध्यक्ष यादवले शिक्षक अभावकाे समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । उनले लामाे समयदेखि विद्यालयमा रहेकाे शिक्षक अभावकाे समस्या चाँडै समाधान गर्ने वताए । उनले भने “हामी गाउँपालिकाबाट शिक्षक न्युक्ति गरेर भए पनि शिक्षक अभावकाे समस्या चाँडै नै समाधार गर्छाैं । काेई कसैले शिक्षक न्युक्ति गराईदिने भन्दै पैसा मागेपछि नदिनु हाेला, जाे याेग्य हुन्छ त्यसकाे मात्र हुन्छ ।”   

साथै  दिवा खाजा अर्काे हप्ताबाट संचालन हुने र प्लस २ का शिक्षकहरुले पनि पारिश्रमिक उपलब्ध गराउने अध्यक्ष यादवले वताए ।यसअघि बिहिबार मात्र श्री ने.रा.मा. जगरनाथपुरको निरिक्षण गर्दै अध्यक्ष यादवले स्थगित रहेको ९ र १० काे कक्षा संचालन गर्ने निर्देशन दिएका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म...

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको...

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...