Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026

बन्द रहेकाे कक्षा संचालन गर्न अध्यक्ष यादवकाे निर्देशन

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले स्थगित रहेको कक्षा ९ र १० को पठनपाठन तत्कालन सुचारु गर्न निर्देशन दिएका छन् ।

जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले कक्षा सञ्चालन नभएको भन्दै अध्यक्ष यादवलाई गुनासो गरेपछि बिहिबार अनुगमनमा गर्दै कक्षा संचालन गर्न निर्देशन दिएका हुन् । गाउँपालिका अध्यक्ष यादवले बिहीबार विहान विद्यालयको अनुगमत तथा निरीक्षण गरि समस्या बारे जानकारी लिएका थिए ।

साेही क्रममा विद्यालयका प्रधानाध्यापक चन्देश्वर यादवलाई भवन मर्मत तथा कक्षा ९ र १० संचालन गर्न निर्देशन दिए ।

उक्त विद्यालयमा कक्षा १० मा ६० जना विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये २० जनाको भर्ना गरिएको छैन् । कक्षा १० को अनुमति नभएकाले कक्षा पठनपाठन अवरुद्ध भएको थियो । अध्यक्ष यादवले पठनपाठन सुचारु गर्न निर्देशन दिदै अगामि आर्थिक वर्षमा कक्षा १० को अनुमति दिलाउने प्रतिवद्धता दिएका थिए ।

शुक्रबारदेखी नै अवरद्ध रहेका कक्षामा पठनपाठन सुचारु हुने विद्यालय प्रशासनले जनाएको छ । निर्वाचित भएदेखि नै अध्यक्ष यादव शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका बेतिथी अन्त्यका लागि लागि परेको स्थानीयले बताएका छन् ।

विद्यालय अनुगमनमा अध्यक्ष यादवसंगै वडाध्यक्ष सुबाष यादव, कांग्रेसका महाधिवेशन प्रतिनिधि रामदेव चाैहान, क्षेत्रिय काेषाध्यक्ष विनय भुषण द्विवेदी, नेता दिपेन्द्र चाैहान लागयतकाे सहभागिता रहेकाे थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म...

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको...

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...