Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाई कार्यपालिकाकाे निर्वाचनमा जसपा-एमाले बिच तालमेल

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगर कार्यपालिका सदस्यकाे निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बिच तालमेल भएकाे छ । केन्द्रिय गठबन्धनकाे सिधान्त र सम्झाैता विपरित दुबै दलले कार्यपालिकाकाे निर्वाचनमा तालमेल गरेका छन् ।

८ कार्यपालिका सदस्यकाे लागि हुने निर्वाचनमा एमाले-जसपाले मिलेर मनाेनयन दर्ता गराएका छन् भने कांग्रेसले एकलै मनाेनयन दर्ता गराएकाे छ ।

 ३ दलित वा अल्पसंख्यक सदस्यकाे लागि एमाले र जसपाबाट ३ जना र कांग्रेसबाट ३ जनाकाे मनाेनयन दर्ता भएकाे छ । एमालेबाट मुखदेव प्रसाद कानु, जसपाबाट प्रदिप गुप्ता र रामरेखा सिंह राजपुतकाे मनाेनयन दर्ता भएकाे छ । कांग्रेसबाट इमाम मियाँ, दिपेन्द्र पंडित कुम्हाल र राजेश्वर प्रसाद साह कानुकाे मनाेनयन दर्ता भएकाे छ ।

महिला सदस्यमा एमालेबाट नगिया देवी, समसा खातुन, सुनिता देवी, जसपाबाट कुन्ती देवी र तेतरी देवी कनुइनकाे मनाेनयन दर्ता भएकाे छ भने कांग्रेसबाट उषा देवी, प्रमशिला देवी राम, बबिता देवी कुशवाहा, मंजु देवी साह र लालसा कुमारीले मनाेनयन दर्ता गराएकाे निर्वाचन अधिकृतकाे कार्यालय बहुदरमाईले जनाएकाे छ ।

९ वटा वडा रहेकाे बहुदरमाई नगरपालिकामा जसपा गाउँपालिका अध्यक्षसहित १ वडामा, एमाले उपाध्यक्षसहित ३ वडामा र कांग्रेस ४ वडामा मात्र चुनाव जितेकाे छ भने एउटा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...

वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ...

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...