Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026

जगरनाथपुर गाउँपालिका कार्यालयमा विधुत चुहावट भइरहेकाे फेला

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँ कार्यपालिकाकाे कार्यालयमा विधुत चुहावट गरेर प्रयाेग गरेकाे पाइएकाे छ । लाेमाे समयदेखि गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरले विधुत चुहावट गरेर प्रयाेग भइरहेकाे पाइएकाे हाे ।

विधुत चुहावट बारे नेपाल विधुत प्राधिकरण पाेखरिया वितरण केन्द्रलाई थाहा भएपछि गाउँ कार्यपालिका कार्यालय जगरनाथपुरलाई त्यस्ताे नगर्न पनि सचेत गराएकाे छ । विधुत प्राधिकरण पाेखरियाका प्रमुख इन्जिनियर जगर्नाथ झाले गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवलाई फाेन गरेर विधुत चुहावट बारे जानकारी गराएका हुन् ।

निर्वतमान गाउँपालिका अध्यक्ष जालिम मियाँकाे पालादेखि नै गाउँपालिका जस्ताे सरकारी कार्यालयमा हुँकिङ गरेर विधुतकाे प्रयाेग हुँदै आएकाे हाे ।

प्रमुख झाले विधुत चुहावट बारे थाहा भएपछि त्यसाे नगर्न र मिटर लिन गाउँपालिका अध्यक्षलाई आग्रह गरिएकाे वताए । 

यस विषयमा गाउँपालिका अध्यक्ष यादवसंग बुझ्दा विधुत चुहावट बारे आफुलाई थाहा नभएकाे वताए । उनले भने “विधुत कार्यालय पाेखरियाका हाकिम सावले मलाई फाेन गरेर भन्दा मात्र आफुलाई थाहा भयाे । त्यस लगतै म गाउँपालिकाका कर्मचारीलाई फाेन गरेर त्यसाे नगर्न र तुरुन्त विधुत मिटरकाे प्रक्रिया थाल्न निर्देशन समेत दिएकाे छु ।”

भ्रखर केही दिन पहिला मात्र आफु अध्यक्षमा निर्वाचित भएर गाउँपालिकामा आएका कारण आफुलाई सबै कुरा थाहा भएन,अहिले बुझ्नै प्रयासमा रहेकाे उनले प्रतिक्रिया दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म...

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको...

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...