Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026

मधेश प्रदेश सरकारले जेठ २१ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

spot_img
spot_img

वीरगंज । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको छ । जेठ २१ गते शनिबार बस्ने प्रदेशसभा बैठकमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।  

नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएपछि असार १ गते प्रदेश सभामा सरकारको बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सोही अनुसारको तयारीमा सरकार लागिपरेको उनले बताए ।  नीति तथा कार्यक्रममा छोरी शिक्षा बीमा कार्यक्रमलाई प्राथमिकताका साथ ल्याउन लागिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । 

मधेश प्रदेश सरकारले कृषि, सिँचाई, स्वास्थ्य, पूर्वाधारको विकासमा जोड दिने समेत मन्त्री साहले जानकारी दिए । बजेट प्रस्तुत गर्नुअघि प्रि–बजेट पनि ल्याउने तयारीमा मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय लागि परेको हो ।

त्यसअघि प्रदेशसभा सचिवालयले जेठ १९ गते बिहीबार दिउँसो १ बजे प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अमात्यको स्वास्थ्य अवस्थाबारे बुझ्दै देउवाले गरे राजनीतिक छलफल

वीरगंज । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य तथा नेपाली कांग्रेस पर्साका पूर्वसभापति राजेन्द्रबहादुर अमात्यको निवासमा पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी...

आन्दोलनको तयारीमा जुट्न एमाले नेता–कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका...

यौनजन्य हिंसा रोकथामका लागि वीरगन्जमा प्रहरीको सचेतनामूलक र्‍याली

वीरगन्ज । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा वीरगन्जमा यौनजन्य हिंसा रोकथाम तथा सामाजिक सचेतना अभिवृद्धिका लागि मंगलबार विशेष सचेतनामूलक कार्यक्रम...