Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

नक्कली नोटकाे कारोबार गरेकाे आराेपमा २ जना पक्राउ

spot_img
spot_img

वीरगंज । इलाका प्रहरी कार्यालय पाेखरियाले नक्ली नाेटकाे काराेबार गरेकाे आराेपमा दुई जनालाई पक्राउ गरेकाे छ । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ निवासी १९ बर्षिय राजाबाबु साह तेली र पटेर्वा सुगाैली गाउँपालिका घर भई हाल बहुदरमाईकाे वडा नं. ८ मा नै बस्दै आएका २० बर्षिय अजय सहनीलाई प्रक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

साेमबार विहान ८:३० बजे पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं.६ स्थितमा लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली रू.१००० दरका नोटहरू साट्दै गरेको सूचना प्राप्त भई इलाका प्रहरी कार्यालय पाेखरियाबाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा उक्त मेलाबाटै दुबै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनाले वताए ।

पक्राउ परेकाहरुकाे साथबाट नेपाली नक्कली नोट रु.१००० दरका २० थान बरामद समेत भएकाे प्रवक्ता खनालले जानकारी दिए । पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याई निजहरू विरुद्ध मुद्रा सम्बन्धी कसूरमा अनुसन्धान अगाडी बढाईकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...