Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

गणतन्त्र दिवसमा वीरगंज कारागारका ३८ कैदी रिहा

spot_img
spot_img

वीरगंज । गणतन्त्र दिवसकाे अवसरमा आइतबार वीरगंज कारागारका ३८ जना कैदी रिहा भएका छन् । १५ औँ गणतन्त्र दिवसको अवसरमा ३ महिलासहित ३८ जना कैदीको सजाय सरकारले मिनाहा गरिदिएपछि उनीहरु रिहा भएका हुन् । 

कर्तव्य ज्यान मुद्दाका ३ महिलासहित २४ जना, सवारी ज्यान मुद्दाका ३, सरकारी किर्ते मुद्दाका २, चोरी मुद्दाका १, डाँका मुद्दाका २, बहुविवाहका २, काठचोरी मुद्दाका १, राहदानी चोरी मुद्दाका १, ज्यान मार्ने उद्योगका १ जना र कर्तव्य मुद्दाका १ जना गरी ३८ जना रिहा भएको वीरगञ्ज कारागारका प्रमुख जेलर कृष्ण गैरेले जानकारी दिए । 

गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को बैठकले ५० प्रतिशत कैद सजाय भुक्तान गरीसकेका कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेपछि वीरगञ्जका ३८ जना रिहा भएका हुन् । 

लागुऔषध, भ्रष्टाचार, मानव तस्करी, सर्वस्वसहित जन्मकैद र चेलिबेटी बेचबिखनलगायत १९ प्रकारका मुद्दा बाहेक अन्य मुद्दामा असल चालचलन भएका, ५० प्रतिशत कैद भुक्तान भएका, मुद्दा अन्तिम भएकाहरुलाई रिहा गरिन्छ । 

जेलर गैरेका अनुसार हाल वीरगञ्ज कारागारमा ४८ जना महिलासहित १ हजार ३ सय २९ कैदीबन्दी विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...