Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

जगरनाथपुर गाउँ कार्यपालिकाकाे निर्वाचन पनि निर्विराेध

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँ कार्यपालिकाकाे निर्वाचन पनि निर्विराेध हुने भएकाे छ । ६ कार्यपालिका सदस्यकाे लागि नेपाली कांग्रेसबाट ६ जनाकाे मात्र मनाेनयन दर्ता भएपछि उनीहरु निर्विराेध निर्वाचित भएका हुन् ।

४ महिला सदस्यकाे लागि कांग्रेसबाट तेतरी देवी कुर्मी, तेतरी देवी, रिता देवी र सिमा देवीकाे मनाेनय दर्ता भएकाे छ ।  २ दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेसबाटै एकबाल साह कानु र भाेज आलिम धुनियाकाे मनाेनयन दर्ता भएकाे छ ।

आवश्यक पद अनुसार नै मनाेनयन दर्ता भएका कारण मतदान नहुने भएकाे छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवार माथी दाबी विराेध र उजरीकाे समय सकेपछि उम्मेदवारकाे अन्तिम नमावली प्रकाशित गर्दै निर्वाचित भएकाे घाेषणा गरिने निर्वाचन अधिकृतकाे कार्यालय जगरनाथपुरले जनाएकाे छ ।

६ वटा वडा रहेकाे जगरनाथपुर गाउँपालिकामा कांग्रेसका गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडा जितेकाे छ भने नेकपा एमालेले दुईटा वडाकाे वडाध्यक्ष मात्र जितेकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबिनीसहित पर्साका अधिकांश पालिकामा जनप्रतिनिधिबीच विवाद, नीति तथा कार्यक्रम अन्योलमा

वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा जनप्रतिनिधिहरूबीचको विवादका कारण आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम अन्योलमा परेको छ । सोमबार नीति तथा कार्यक्रम...

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, युवा रोजगारीदेखि ‘हेलो सीएम’सम्मका नयाँ कार्यक्रम घोषणा

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका...

चार मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पकहाँ मैनपुरका राजेश सहनी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएका...