Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पटेर्वा सुगाैली गाउँ कार्यपालिकाकाे निर्वाचन निर्विराेध

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँ कार्यपालिकाकाे निर्वाचन निर्विराेध हुने भएकाे छ । ६ गाउँ कार्यपालिका सदस्यकाे लागि आइतबार नेपाली कांग्रेसबाट ६ जनाले मात्र मनाेनयन दर्ता गराए कारण निर्वाचन निर्विराेध हुने भएकाे सहायक निर्वाचन अधिकृत शम्भु प्रसाद साहले वताए ।

४ महिला सदस्यका लागि कांग्रेसबाट कलही देवी मुसहरी, नुरबानी मियाइन, मिना देवी मुसहरीन, सजिना विकले मात्र मनाेनयन दर्ता गराएका छन् । 

त्यसैगरी दुई दलित वा अल्पसंख्यक सदस्यका कांग्रेसबाट नै प्रभावती देवी दुसादिन र शिवबालक ठाकुर लाेहारले मात्र मनाेनयन दर्ता गराएकाे सहायक निर्वाचन अधिकृत साहले जानकारी दिए ।

मनाेनय दर्ता गराएकाे उम्मेदवार उपर दाबी बिराेधकाे उजरी दिने निर्वाचन कार्य तालिका रहेकाेले साे समय पश्चात अन्तिम उम्मेदवारकाे नमावली सार्वजनिक गर्दै निर्वाचित भएकाे घाेषणा गरिने अधिकृत साहले वताए ।

पटेर्वा सुगाैली गाउँपालिकामा कांग्रेसकाे दुई तिहाई बहुमत भएका कारण नेकपा एमाले मनाेनयन दर्ता नगराएकाे हाे । ५ वटा वडा रहेकाे गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडामा कांग्रेस जितेकाे छ भने एउटा वडामा मात्र एमाले जितेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...