Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहा मैनपुर गाउँ कार्यपालिकाका ४ महिला सदस्य निर्विराेध निर्वाचित

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँ कार्यपालिका सदस्यमा ४ जना महिला सदस्य निर्विराेध निर्वाचित भएका छन् । गाउँ कार्यपालिकाे ४ महिला सदस्यकाे लागि नेपाली कांग्रेसबाट ४ जनाकाे मात्र मनाेनय दर्ता भएपछि निर्विराेध निर्वाचित भएकाे निर्वाचन अधिकृत कृष्ण प्रसाद देवकाेटाले जानकारी दिए । 

कांग्रेसकी लालपरी देवी, रमाउती देवी तेलीन, राधिका देवी हरिजन र सुनिता देवी चाैहान निर्विराेध निर्वाचित भएकाे निर्वाचन अधिकृतकाे कार्यालय पकहा मैनपुरले जनाएकाे छ । दुई दलित वा अल्पसंख्यक सदस्यकाे लागि ३ जनाकाे मनाेनयन दर्ता भएका कारण निर्वाचन तालिका अनुसार जेठ १६ गते साेमबार निर्वाचन हुने निर्वाचन अधिकृत देवकाेटाले जानकारी गराए ।

गाउँ कार्यापालिका दलित वा अल्पसंख्यक सदस्यकाे लागि कांग्रेसबाट रामबहादुर साह साेनार, नेकमहमद मियाँ दर्जी र स्वतन्त्रबाट अकलेश कुमार साहकाे मनाेनयन दर्ता भएकाे छ । दुई दलित वा अल्पसंख्यक सदस्यकाे लागि शुक्रबार ७ जनाले उम्मेदवार दर्ता गराए पनि शनिबार ४ जनाले फिर्ता लिएकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।

निर्वाचन कार्यालयका अनुसार स्वतन्त्रबाट मनाेनय दर्ता गराएका रामायण दास, प्रतिज्ञा देवी, दिपनारायण ठाकुर र मृत्युन्जय कुमार श्रीवास्तवले आफ्नाे मनाेनयन दर्ता फिर्ता लिएका हुन् । स्वतन्त्रबाट नै मनाेनय दर्ता गराएका अकलेश आफ्नाे मनाेनयन दर्ता कायम राखेका कारण निर्वाचन हुने भएकाे हाे ।

अकलेशले स्वतन्त्रबाट मनाेनय दर्ता गराए पनि उनी नेकपा एमालेका गाउँपालिका कमिटी अध्यक्ष हुन् ।

५ वटा वडा रहेकाे पकहा मैनपुर गाउँपालिकामा दुई वडा सदस्य वाहेक सम्पूर्ण पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । त्यस कारण निर्वाचन भएपनि कांग्रेस कै उम्मेदवार विजयी हुने निश्चित जस्ताे रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...