Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

वीरगंज महानगरका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए सपथ

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशका एक मात्र वीरगंज महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले बिहिबार सपथ लिएका छन् । नवनिर्वाचित मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम लागयतका १६२ जना निर्वाचित जनप्रनिधिहरुले पद तथा गोपनियतको सपथ लिएका हुन् ।

वीरगंजकाे पुरानो बसपार्क परिसरमा बिहीबार साँझ आयोजित खुल्ला समारोहमा नगवरवासीको बिचमा नवनिर्वाचित मेयर सिंहले प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधिश धर्मराज पौडेलबाट पद तथा गोपनियतको सपथ लिएका थिए ।

त्यस लगतै नवनिर्वाचित उपमेयर इम्तियाज आलमले नवनिर्वाचित मेयर सिंहबाट पद तथा गोपनीयताको सपथ लिए । त्यसपछि नवनिर्वाचित मेयर सिंहले ३२ वटै वडाका वडाअध्यक्ष र वडा सदस्यलाई सपथ खुवाए ।

सपथ ग्रहण पछि बाेल्दै मेयर सिंहले वीरगंजबासीले आफूमाथि लादेको कर्ज चुकाउन सक्ने कि नसक्ने अन्यौलमा परेको बताए । यो जितमा गठबन्धनको योगदानको साथसाथै वीरगंजबासी लगायत युवाहरुको ठूलो योगदान रहेको बताए ।

‘राजेशमान सिंह जो बोल्छ, त्यो गर्छ । त्यति बोल्छ जति गर्न सक्छ’, भन्दै आफू विजयी भएर आएको २४ घण्टाभित्र सुधार गर्ने भनेको प्रतिबद्धताको कार्य शुरु भइसकेको बताए । उनले भने, ‘वीरगंज महानगरपालिकामा परिवर्तनको शुरुवात भइसकेको छ । वीरगंजलाई समृद्ध वीरगंज बनाउनुपर्ने छ । र त्यसमा वीरगंजबासीकाे साथ र सहयोग आवश्यक रहेको छ ।’

वीरगंजबासीले आफूमाथि गरेको भरोसाप्रति आफू खरो रुपमा उत्रिने भन्दै नगर प्रमुख सिंहले महानगरपालिकामा परिवर्तन अत्यावश्यक भएको भन्दै परिवर्तनको शुरुवात भइसकेको बताए । उनले महानगरका कर्मचारीहरुले कहिलेपनि सफा नगरेको आफ्नो घर अगाडि विहानै २० जना नगरपालिकाका कर्मचारीहरुले सरसफाई गरेको उदाहारण दिदै भने, ‘जसको कारण हामी छौं, त्यसलाई सेवा सुविधा दिने गरौं ।’

नेताहरुलाई सेवा सुविधा दिने काम बन्द गर्न कर्मचारीहरुलाई आग्रह समेत गरे । १०० दिन काम गरि जनतालाई प्रत्याभूति दिलाउने काम नगरेसम्म कहिँ कतै आफुलाई सम्मान गर्न नबोलाउन विभिन्न संघ सँस्थालाई आग्रह समेत गरे ।

अब आर्थिक विकासतर्फ अघि बढ्नु पर्छ : उपेन्द्र यादव

सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आर्थिक विकासतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष यादवले स्थानीय तह विकास निर्माण कार्यलाई अगाडि बढाउनका लागि सबैभन्दा महत्वपूर्ण इकाई रहेको भन्दै नव निर्वाचित जनप्रतिनिधिहरुले वीरगंज महानगरपालिकाको समस्याहरुलाई समाधान गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।

मुलुकमा धेरै लामो संघर्ष, त्याग, बलिदानपछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, नागरिक स्वतन्त्रता, मौलिक हक अधिकार प्राप्त भएको भन्दै यसलाई राजनीतिक रुपमा संस्थागत गर्दै आर्थिक रुपमा विकास एवं समृद्धितर्फ बढ्नुपर्ने आवश्यक्ता रहेको बताए ।

उनले भने “विकासको सबैभन्दा ठूलो आधार शिक्षा हो । बालबालिकाहरुलाई स्तरीय शिक्षा प्राप्त गरी असल नागरिकको निर्माण हुन्छ, तब विकास आफै अगाडि बढछ ।” उनले दुर्भाग्यवस् सरकारी विद्यालयका शिक्षा स्तर गुणस्तरीय नभएको उल्लेख गरे ।

यसका साथै स्वास्थ्यमा पनि धेरै समस्या रहेकोले अस्पतालहरुलाई दुरुस्त गर्न, स्वास्थ्य चौकीहरुको स्थापना गर्न आवश्यक रहेको बताए । प्रत्येक नागरिकको स्वास्थ्य एवं शिक्षाको मौलिक हक अधिकारलाई प्रत्याभूति गराउन महानगरपालिकाको मुख्य दायित्व रहेको बताए ।

अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, विद्युत लगायत सम्पूर्ण आधारभूत समस्यालाई समाधान गर्दै स्वच्छ, हराभरा विकासित महानगरको रुपमा रुपान्तरण गर्न सफलता मिलोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

साथै पाँचदलीय गठबन्धनमाथि विश्वास गरेर मतदान गर्ने वीरगन्जका मतदाताहरुलाई हार्दिक धन्यवाद समेत व्यक्त गरेका थिए ।

वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चछलराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, संघिय सांसद प्रदिप यादव, प्रदेशका मन्त्री ओम प्रकाश शर्मा, कांग्रेसका केन्द्रिय सदस्य अजय चाैरसिया,  संविधान सभा सदस्य अजय द्विवेदी, राजेन्द्र बहादुर आमात्य, प्रदेश सभा सदस्य राजेश्वर साह, जन्नत अन्सारी, करिमा बेग्म, कांग्रेस पर्साका अध्यक्ष जनार्दन सिंह क्षेत्री, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरश कुशवाहा, नेकपा एसका जिल्ला अध्यक्ष बालगाेपाल थापा लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...