Date
मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026

घण्टाघरदेखि माइस्थानसम्मकाे सडक मर्मत गर्ने मेयर सिंहको पहिलो निर्णय

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको मेयरमा निर्वाचित राजेशमान सिंहले पदभार ग्रहण गरेसँगै वर्षाैदेखि जीर्ण घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत गर्ने पहिलो निर्णय गरेका छन् ।

वर्षाैँदेखि मर्मत सम्भार नहुँदा सास्ती खेपीरहेका नगरबासीलाई परिवर्तनको प्रत्याभुती दिलाउन सिंहले बिहिबार सपथ ग्रहण पश्चात पद बहाल गरे लगतै मूख्य सडकलाई मर्मत गर्ने निर्णय गरेका हुन् ।

वीरगञ्जका निवर्तमान मेयर विजय कुमार सरावगीले सडक विभाग अन्तर्गत पर्ने उक्त सडक निर्माण गर्न आफ्नो अधिकार क्षेत्र भित्र नरहेको बताउँदै आएका थिए । तर, सपथ लिएकै दिन नवनिर्वाचित मेयर सिंहले उक्त सडकलाई मर्मत गर्ने निर्णय गरेका छन् ।

निर्णय लगतै उक्त सडककाे मर्मत कार्य आजै रातिदेखी सुरु पनि भएकाे छ ।

त्यसैगरी मेयर सिंहले महानगरभित्र बसोबास गर्ने १० हजार ९ सय २४ घरधुरीको घरेलु मिटर (ग्राहस्थ मिटर) मा हुने मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्युनतम शूल्क र इनर्जी शूल्क महानगरले नै भुक्तानी गर्ने निर्णय पनि गरेका छन् ।

पाँच दलीय गठबन्धनले जारी गरेको घोषणा पत्रमा उल्लेख भएबमोजिम बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने प्रयोगकर्ताको महशुल महानगरले नै भुक्तानी गर्ने भएको हो । यद्दपी, ३० युनिटभन्दा बढी खपत गर्ने सेवाग्राहीले सम्पूर्ण शूल्क आफै तिनुपर्ने हुन्छ ।

योजना ३० युनिटसम्म विद्युत खपत गर्ने सेवाग्राहीको लागि मात्र भएको निर्णयमा स्पष्टसँग खुलाईएको छ ।  

त्यस्तै महानगरभित्र रहेका ४ सय ७० वटा कृषि मिटर (सिँचाई  मिटर) को सम्पूर्ण शूल्क भुक्तानीको दायित्व पनि महानगरले नै लिने सिंहले निर्णय गरेका छन् । कृषकहरुको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरुलाई प्रतोसाहन गर्न उक्त निर्णय गरिएको सिंहले बताए ।

घेरलु र कृषि बाहेक व्यवसायिक, मनोरञ्जनात्मक र अन्य प्रायोजनका लागि मिटर लिएकाहरु भने उक्त योजनाबाट लाभान्वित हुने छैनन् ।

सपथ ग्रहण गरेको २४ घण्टाभित्रै परिवर्तनको प्रत्याभुती गराउने सिंहको प्रतिबद्धताअनुरुप नगरबासीले अब विद्युत महशुल र सिँचाई मिटरको शूल्क तिर्न नपर्ने भएको छ । यद्यपी यि सबै निर्णय आगामी श्रावन १ गतेदेखि कार्यन्वयन हुने जनाईएको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन तथा वातावरण संरक्षणमा जगरनाथपुरको उत्कृष्टता, मधेश प्रदेशमै पहिलो

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका ‘समृद्धिका लागि वन (Forests for Prosperity)’ परियोजनाअन्तर्गत स्थानीय तहमा सञ्चालित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्दै आर्थिक वर्ष २०८१/०८२ को वार्षिक...

बिन्दवासिनीमाई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु, युवा नेता पटेलद्वारा उद्घाटन

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१९ मा शनिबारदेखि श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । श्री बिन्दवासिनी माई युवा क्लब, वीरगंज–१९...

जिराभवानी गाउँपालिकाले ल्यायो ४० करोड ८३ लाखको बजेट, शिक्षा-स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले १७औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष अनोज चौधरीले...