Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

नवनिर्वाचित मेयर सिंहकाे सक्रियतामा १२६ जनाद्वारा रक्तदान

spot_img
spot_img
वीरगंज । साहिब दरबार सेवा सस्थान एवम् जनता समाजवादि (जसपा) नेपाल वीरगंज महानगर समितिको संयुक्त आयोजनामा बिहिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राणिसति अतिथि सदनमा भएको कार्यक्रममा ८ महिलासहित १२६ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्रले जनाएकाे छ ।
 
कार्यक्रममा अन्शु श्रेष्ठ, पिन्कि कुशवाह, कुशुम देबी, अस्मिता पराजुलि, सुशिला श्रेष्ठ, ललिता श्रीवास्तव, अनिषा गुप्ता, सारदा देउजा, ईस्वरचन्द यादव, सुरेशमान सिंह, उमेश लामा, दिपेन्द्र प्रजापति, सत्यराज घिमिरे, निर आलम, उमेश मानन्धर, केशव खड्का क्षेत्री, कृष्णा पटेल, अफरोज आलम, मनजित यादव, मनजिल श्रेष्ठ, सुमित श्रेष्ठ, अब्दुल कलाम, दिपक कुमार पटेल, असरफ अलि, अलि हुसेन लगायले रक्तदान गरेका थिए ।
 
वीरगंजमा रगतको अभाव भएसङै रगत कमि हुन नदिने उदेश्यले वीरगंज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहकाे सक्रियतामा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । 
 
साहिब दरबार सेवा सस्थानका महासचिव उमेशलाल सहनी र जसपाका वीरगंज महानगर अध्यक्ष ईश्वरचन्द यादवको संयुक्त अध्यक्षतामा र पर्सा क्षेत्र न.१ का संघिय सांसद प्रदिप यादबको प्रमुख आतिथ्यमा रक्तदान भएकाे कार्यक्रममा वीरगंज महानगरपालिका मेयर राजेशमान सिंह, प्रदेश सांसद करिमा बेगम, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिब तबरेज अहमद, सलाउदिन अहमद , रेखा साह, सस्थानका कोषाध्यक्ष जिनुमैया तोयाङ्गना, अफरोज आलम लगयतकाको सहभागीता रहेको थियो ।
 
रक्त संचार केन्द्रका प्राविधिक जितेन्द्र कुशवाह र रेडक्रस पर्साका राजन श्रीवास्तव नेतृत्वकाे टाेलीले रक्तदान कार्यक्रममा प्राविधिक सहयाेग गरेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...