Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026

एक मतले विजयी वडाध्यक्ष कुर्मीसंग काम कार्यवाही नगर्नु, नगराउनु अदालतकाे आदेश

spot_img
spot_img

वीरगंज । एक मतले विजयी भएका पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष अयाेध्या प्रसाद कुर्मीलाई वडाध्यक्षकाे हैसियतले कुनै पनि काम कार्यवाही नगर्नु, नगराउनु उच्च अदालतले अन्तरकालिन आदेश दिएकाे छ ।

अयाेध्याबाट एक मतले वडाध्यक्षमा पराजित भएका लक्षमण प्रसाद कुर्मीले दिएकाे मतगणना बदर गरी पुन: मतगणना गरी पाउँ मुद्दामा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजकाे इजलास नं. ४ का न्यायाधिश सीताराम मण्डलकाे एकल इजलाशले जेठ २० गते पेशी समेत ताेकी यस्ताे आदेश दिएकाे हाे ।

निर्वाचन आयाेग, जिल्ला निर्वाचन कार्यालय पर्सा समेतका विपक्षीहरुसंग अदालतले यसमा के कसाे भएकाे हाे ? निवेदककाे निवेदन माग बमाेजिमकाे आदेश किन जारी हुनु नपर्ने हाे ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए खुलाई लिखित जवाफ समेत मागेकाे छ ।

यसका साथै जगरनाथपुर गाउँपालिका वडा नं. ६ काे मतगणना सम्बन्धि आवश्यक कागजात लिई जेठ २० गते हुने छलफलमा विपक्षीहरुलाई उपस्थित हुन अदालतले आदेश समेत दिएकाे छ ।  

नेपाली कांग्रेसका उम्मेदवार लक्षमणलाई एक मतले हराउँदै वडाध्यक्षमा नेकपा एमालेका अयाेध्या विजयी भएका थिए । अयाेध्याले ९०४ मत पाउँदा उनकाे निकटतम् प्रतिस्पर्धी लक्षमणले ९०३ मत पाएका थिए ।

यसैगरी पर्साका बिन्दबासिनी गाउँपालिकाकाे वडा नं. ३ काे वडाध्यक्षमा पनि एक मतले कांग्रेसका उम्मेदवार जय प्रकाश चाैरसियाले विजयी भएका थिए । ११८५ मत ल्याएर वडाध्यक्षमा विजयी भएका चाैरसियाका निकटतम् प्रतिस्पर्धी एमालेका हनिफ मियाँले ११८४ मत पाएका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म...

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको...

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...