Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

जगरनाथपुरका जनप्रतिनिधिहरुलाई अध्यक्ष यादवले खुवाए सपथ

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले बुधबार सपथ ग्रहण गरेका छन् । गाउँ कार्यपालिकाको कार्यालय जगरनाथपुरमा भएको सपथ ग्रहण तथा सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले उपाध्यक्ष, वडाध्यक्षसहितका ३२ जना नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथ खवाए ।

अध्यक्ष यादवले उपाध्यक्ष बबिता सिंह, वडा नं. १ का वडाध्यक्ष लक्ष्मी साह तेली, २ का वडाध्यक्ष नेपाली प्रसाद कुशवाहा, ३ का वडाध्यक्ष सुभाष यादव, ४ का वडाध्यक्ष प्रभु प्रसाद नुनिया, ५ का वडाध्यक्ष बिहारी प्रसाद नुनिया, ६ का वडाध्यक्ष अयोध्या पटेल लगायका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथ खुवाएका हुन ।

यस अघि जेठ ९ गते साेमबार नै जिल्लाकाे सदरमुकाम वीरगंजस्थित जिल्ला समन्वय समिति पर्साकाे सभा हलमा भएकाे १३ पालिकाका प्रमुखहरुकाे सपथ ग्रहण कार्यक्रममा अध्यक्ष यदावले सपथ ग्रहण गर्नुकाे साथै साेही दिन गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा पुगी पदभार समेत ग्रहण गरेका थिए ।

नवनिर्वाचित जनप्रतिनिधिहरुकाे सपथ ग्रहण तथा सम्मान कार्यक्रममालाई सम्बाेधन गर्दै अध्यक्ष यादवले आफु मेयर नभएर जनताकाे सेवक भएकाे वताए । उनले भने “मलाई जनताले जुन विश्वासका साथ आफ्नाे मत दिएर जिताएका छन् । त्याे म टुटन दिदैन, सधै म मेयर हाेइन जनताकाे सेवक भएर काम गर्छु ।”

अध्यक्ष यादवले मेराे पहिलो प्रथामिकता शिक्षामा सुधार र दोस्रो प्राथमिकता स्वास्थ्य रहेको वताए । त्यसकाे साथ साथै आफुले कृषी, राेजगारी लगायतकाे क्षेत्रमा काम गर्ने वताए । भ्रष्टाचारको सवालमा शून्य सहनशिलता अपनाउने अध्यक्ष यादवको भनाई थियाे ।

कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेस पर्साका सभापती जनार्दन सिंह क्षेत्रीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जनताको मालिक बनेर होईन जनताको सेवक भएर काम गर्न सुझाव दिए । उनले भने, जनताको विश्वास जित्न सफल भएनौ भने, आउँने चुनावमा जनताले स्वीकार्य गर्न सक्दैन् त्यसैले गाउँपालिकालाई भ्रष्टचार मुक्त बनाई जनताको सेवामा लिप्त भएर काम गर्नुपर्छ ।

उनले गाउँपालिकाको विकास निर्माणको काम पारदर्शि हुनुपर्छ, कामकाजलाई थप प्रभावकारी र प्रारदर्शि बनाउँन कार्यालयमा वाडा नागरिक पत्र राख्ने, बजेट छुट्याउँदा र ठेक्का सकार हुदाँ त्यसको लागत ईस्टिमेट सार्वजनिक गर्ने र विगतको दिनमा गाउँपालिकामा भएको भ्रष्टचारलाई सार्वजनिक गर्न पूर्वाग्रही नभएर जसले गलत गरेको त्यसलाई जनताको माझ सार्वजनिक गर्नु पर्ने बताए ।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, पर्सा जिल्ला समितिका प्रवक्ता रमेश पाण्डे, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह लगायकाले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

सपथ ग्रहण पश्चात आ आफ्नाे वडा कार्यालयमा पुगेर वडाध्यक्षहरुले आजै पदभार समेत ग्रहण गरेका थिए ।

सपथ ग्रहण कार्यक्रममा पश्चात अध्यक्ष यादवले गाउँ कार्यपालिका कार्यालयका कर्मचारीहरुसंग छलफल समेत गरेका थिए । छलफलकाे क्रममा अध्यक्ष यादवले सबै शाखा प्रमुखहरुलाई ५ दिन भित्र आफ्नाे कार्ययाेजना प्रमुख प्रशासकिय अधिकृत कहाँ पेश गर्न निर्देशन दिए ।

यसैगरी छिपहरमाई गाउँपालिका, धाेबिनी गाउँपालिका, पकहा मैनपुर गाउँपालिका, पटेर्वा सुगाैली गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पनि बुधबार नै सपथ ग्रहण गरेका छन् ।

छिपहरमाईमा गाउँपालिका अध्यक्ष मनाेज गुप्ता, धाेबिनीमा गाउँपालिका अध्यक्ष मदन चाैहान, पकहा मैनपुरमा गाउँपालिका अध्यक्ष सुरेश मेहता, पटेर्वा सुगाैलीमा गाउँपालिका अध्यक्ष दिनेश चाैधरीले सम्बन्धित पालिका उपाध्यक्ष, वडाध्यक्षका लगायतका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथ खुवाएका हुन् ।  

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबिनीसहित पर्साका अधिकांश पालिकामा जनप्रतिनिधिबीच विवाद, नीति तथा कार्यक्रम अन्योलमा

वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा जनप्रतिनिधिहरूबीचको विवादका कारण आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम अन्योलमा परेको छ । सोमबार नीति तथा कार्यक्रम...

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, युवा रोजगारीदेखि ‘हेलो सीएम’सम्मका नयाँ कार्यक्रम घोषणा

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका...

चार मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पकहाँ मैनपुरका राजेश सहनी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएका...