Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजकाे मेयरमा राजेशमान र उप मेयरमा ईम्तियाज विजयी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको मेयर र उप मेयरमा ५ दलिय सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज विहान सम्पन्न अन्तिम मतगणना परिणाम अनुसार मेयरमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) नेपालका राजेशमान सिंह र उप मेयरमा काङ्ग्रेसका ईम्तियाज आलम विजयी भएका हुन् ।

मेयरमा राजेशमानले ४६ हजार २१५ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालय वीरगंजले जनाएकाे छ । उनको निकटतम प्रतिद्वन्दी नेकपा एमाले-लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका उम्मेदवार नेकपा एमालेका निवर्तमान मेयर विजय कुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरेका छन् । मेयरमा राजेशमान २२ हजार ५४४ को फराकिलो मतान्तरले विजयी भएका हुन् ।

यसैगरी उप मेयरमा काङ्ग्रेसका ईम्तियाज आलम फराकिलो मतान्तरले विजयी भएका छन् । तर अझै सम्म उप मेयरको कुल मत औपचारिक घोषणा हुन सकेको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...