Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजकाे मेयरमा राजेशमान र उप मेयरमा ईम्तियाज विजयी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको मेयर र उप मेयरमा ५ दलिय सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज विहान सम्पन्न अन्तिम मतगणना परिणाम अनुसार मेयरमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) नेपालका राजेशमान सिंह र उप मेयरमा काङ्ग्रेसका ईम्तियाज आलम विजयी भएका हुन् ।

मेयरमा राजेशमानले ४६ हजार २१५ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालय वीरगंजले जनाएकाे छ । उनको निकटतम प्रतिद्वन्दी नेकपा एमाले-लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका उम्मेदवार नेकपा एमालेका निवर्तमान मेयर विजय कुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरेका छन् । मेयरमा राजेशमान २२ हजार ५४४ को फराकिलो मतान्तरले विजयी भएका हुन् ।

यसैगरी उप मेयरमा काङ्ग्रेसका ईम्तियाज आलम फराकिलो मतान्तरले विजयी भएका छन् । तर अझै सम्म उप मेयरको कुल मत औपचारिक घोषणा हुन सकेको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...