Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

कांग्रेस पर्सा क्षेत्र नं. ४ द्वारा नवनिर्वाचित जनप्रतिनिहरुलाई सम्मान

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र न.४ को क्षेत्रीय कार्य समितिले आइतबार आफ्नाे क्षेत्र अन्तर्गतका निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेकाे छ । 

जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ५ मसिहानीमा भएकाे कार्यक्रममा क्षेत्र अन्तर्गतका निर्वाचित दुई गाउँपालिका अध्यक्ष, ६ उपाध्यक्ष, १६ वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरुलाई सम्मान गरिएकाे क्षेत्रिय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा विजयी पार्टीका जनप्रतिधिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले गमछा र अविरकाे टिका लगाएर सम्मान गरेका थिए ।

नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सुभकामना दिदै केन्द्रिय सदस्य रिजालले स्थानिय तहमा लगाइएकाे अनावश्य कर हटाउन निर्देशन दिए । 

नेता रिजालले जितेका जनप्रतिनिधिहरुलाई सधै जनताकाे सेवामा सम्रपित रहनु पर्ने वताउँदै जन चाहना अनुसार काम गर्नु पर्ने वताए । उनले संगठनकाे हित विपरित काम गर्ने जनप्रतिनिधिलाई पार्टीले कारवाही गर्ने चेतावनी समेत दिए ।

क्षेत्रिय सभापति एवम् जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी, प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, जिल्ला समितिका प्रवक्ता रमेश पाण्डे, सह सचिव नविन सिंह, कोषाध्यक्ष प्रेम बहादुर थापा, महाधिवेशन प्रतिनिधि रामदेव चौहान लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमकाे संचालन क्षेत्रीय सचीव बलिस्टर अहमदले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...