Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कांग्रेस पर्सा क्षेत्र नं. ४ द्वारा नवनिर्वाचित जनप्रतिनिहरुलाई सम्मान

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र न.४ को क्षेत्रीय कार्य समितिले आइतबार आफ्नाे क्षेत्र अन्तर्गतका निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेकाे छ । 

जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ५ मसिहानीमा भएकाे कार्यक्रममा क्षेत्र अन्तर्गतका निर्वाचित दुई गाउँपालिका अध्यक्ष, ६ उपाध्यक्ष, १६ वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरुलाई सम्मान गरिएकाे क्षेत्रिय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा विजयी पार्टीका जनप्रतिधिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले गमछा र अविरकाे टिका लगाएर सम्मान गरेका थिए ।

नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सुभकामना दिदै केन्द्रिय सदस्य रिजालले स्थानिय तहमा लगाइएकाे अनावश्य कर हटाउन निर्देशन दिए । 

नेता रिजालले जितेका जनप्रतिनिधिहरुलाई सधै जनताकाे सेवामा सम्रपित रहनु पर्ने वताउँदै जन चाहना अनुसार काम गर्नु पर्ने वताए । उनले संगठनकाे हित विपरित काम गर्ने जनप्रतिनिधिलाई पार्टीले कारवाही गर्ने चेतावनी समेत दिए ।

क्षेत्रिय सभापति एवम् जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी, प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, जिल्ला समितिका प्रवक्ता रमेश पाण्डे, सह सचिव नविन सिंह, कोषाध्यक्ष प्रेम बहादुर थापा, महाधिवेशन प्रतिनिधि रामदेव चौहान लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमकाे संचालन क्षेत्रीय सचीव बलिस्टर अहमदले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...