Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

बहुदरमाई ६ मा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र लडेका साह विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ६ काे अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रमाेद प्रसाद साह विजयी भएका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि वडाध्यक्षमा स्वतन्त्र चुनाव लडेका साह ३ सय मतले विजयी भएका हुन् ।

साहले ८४० मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय बहुदरमाईले जनाएकाे छ । उनकाे निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका केदारनाथ तिवारी ५४० मत प्राप्त गरेका छन् ।

वडाध्यक्षका कांग्रेसका उम्मेदवार रामप्रसाद यादव ५२८ मत, जनता समाजवादी पार्टीका प्रभु प्रसाद कानु ८३ मत र जनमत पार्टीका हृदय प्रसाद ४ मत पाएका छन् ।

वडाध्यक्षमा निर्वाचित साह प्रदेश सभा सदस्य राजेश्वर साहका भाई हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...