Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

बहुदरमाई ६ मा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र लडेका साह विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ६ काे अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रमाेद प्रसाद साह विजयी भएका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि वडाध्यक्षमा स्वतन्त्र चुनाव लडेका साह ३ सय मतले विजयी भएका हुन् ।

साहले ८४० मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय बहुदरमाईले जनाएकाे छ । उनकाे निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका केदारनाथ तिवारी ५४० मत प्राप्त गरेका छन् ।

वडाध्यक्षका कांग्रेसका उम्मेदवार रामप्रसाद यादव ५२८ मत, जनता समाजवादी पार्टीका प्रभु प्रसाद कानु ८३ मत र जनमत पार्टीका हृदय प्रसाद ४ मत पाएका छन् ।

वडाध्यक्षमा निर्वाचित साह प्रदेश सभा सदस्य राजेश्वर साहका भाई हुन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चिकित्सक कुटिएको विरोधमा वीरगंजमा प्रदर्शन, स्वास्थ्यमन्त्रीको राजीनामा माग

वीरगंज । नारायणी अस्पताल वीरगंजमा चिकित्सकमाथि भएको आक्रमण र आकस्मिक कक्षमा भएको तोडफोडको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगंजमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले...

वीरगंजको होटलबाट लागूऔषधसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१६ स्थित एक होटलबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार...

रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसद्वारा दलित प्राविलाई ७ थान पंखा सहयोग

वीरगंज । रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले सामाजिक उत्तरदायित्वअन्तर्गत पर्साको श्री दलित प्राथमिक विद्यालय, महुवनलाई ७ थान पंखा सहयोग गरेको छ । विद्यालयमा गर्मीको समस्या...