Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

छिपहरमाईमा धाँधली भएकाे भन्दै पुन: मतदान गराउन कांग्रेसकाे माग

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ को चेरगाहा मतदान केन्द्रमा पुन: मतदान गराउन नेपाली कांग्रेस माग गरेकाे छ । साेमबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार नविन सिंहले चेरगाहा मतदान केन्द्रकाे मतदानमा धाँधली भएकाे वताउँदै पुन: मतदान गराउन माग गरे ।

मतगणनाकाे क्रममा आइतबार दिउसाे नेकपा एमालेका उम्मेदवार निर्वतमान गाउँपालिका अध्यक्ष मनाेज गुप्ताकाे १५९० मत प्राप्त भए पनि मतपरिणाम इन्ट्री गर्ने क्रमचारीले १६२० मत इन्ट्री गरी निर्वाचन आयाेगमा समेत पठाएपछि नेपाली कांग्रेसले बिराेध गर्दै मतगणना कार्य स्थगित गराएको थियाे ।

गुप्ताको निर्देशनमा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत रहेका सहायक मतदान अधिकृत शम्भु साहले १५९० मत खसेको भएपनि इन्ट्री भने १६२० मतको गराएर मुचुल्का उठाएको आरोप सिंहको छ ।

मतदान र मतगणना दुवैमा धाधली गरिएको भन्दै कांग्रेसले विरोध गरेपछि छिपहरमाई गाउँपालिकाको मतगणना कार्य आइतबार दिउँसो २ बजेदेखि रोकिएको हो । 

पत्रकार सम्मेलनमा वाेल्दै सिंहले वडा नम्बर २ को चेरगाहा मतदान केन्द्रमा शुक्रबार भएको मतदान रद्ध गरेर पुन: मतदान गर्न माग गरे । उनले पुन: मतदान नगरे राेकिएकाे मतगणना हुन नदिने चेतावनी समेत दिए ।

मतदान र मतगणना दुवैमा एमालेका उम्मेदवार गुप्ताले धाँधली गरेको आरोप सिंहको छ । सिंहले भने,’ यदि चेरगाहा मतदान केन्द्रको मतदान रद्ध गरी पुन: मतदानको मिति घोषणा गरिएन भने अवस्था भयवाह हुनसक्छ, हामी जेल जान पनि तयार छौं ।’

सिंहले शुक्रबार भएको मतदानका क्रममा चेरगाहा मतदान केन्द्रमा एमालेका उम्मेदवार गुप्ताले गाउँपालिका कार्यालयमा आफूले करारमा नियुक्त गरेका कर्मचारीहरुमार्फत धाँधली गराई मतदाताभन्दा बढी संख्यामा मत खसाउन लगाएको आरोप लगाए । 

यसका साथै एमाले उम्मेदवार गुप्ताले मृत्यु भइसकेका मतदाताको नाममा पनि मत खसाउन लगाएको र त्यसको प्रमाण पनि आफूसँग सुरक्षित रहेको सिंहले दावी गरे ।

त्यहि बेला आफूहरुले विरोध गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै सिंहले अहिले मतगणनाका क्रममा पनि गुप्ताले करारमा नियुक्त गरेका कर्मचारीहरुले धाँधली गरेपछि आफूहरुले आइतबारदेखि मतगणना रोक्न लगाएको बताए । 

उनले मतदान र मतगणनामा धाँधली गर्ने कर्मचारी र एमाले अध्यक्ष उम्मेदवार गुप्तालाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग पनि गरे । 

आफूले निर्वाचन कार्यालयसँग तीन दिनदेखि माग गर्दै आइरहे पनि कुनै सुननुवाई नभएपछि सोमबार पत्रकार सम्मेलन गर्न बाध्य भएको सिंहले बताए । 

सोमबारको पत्रकार सम्मेलनमा कांग्रेसका जिल्ला प्रवक्ता रमेश पाण्डे, पूर्व जिल्ला सचिव किशोरी साह कानुल, रामेश्वर महताे, दिपेन्द्र सिंह लगायतका नेता तथा कार्यकर्ताकाे पनि उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

चितवन । यहाँका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् ।...

धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना घाइते भएका छन् । गए राति स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला...

अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

लोथर (चितवन) । राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा अहिले ‘ल्याण्ड फिलिङ’ र बाहिरी पर्खाल लगाउने काम धमाधम भइरहेको...