Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

बिन्दबासिनी गाउँपालिकाले निशुल्क रगत उपलब्ध गराउने

spot_img
spot_img

वीरगन्ज । पर्साकाे बिन्दवासिनी गाउँपालिकाले आफ्नाे गाउँवासीलाई निशुल्क रगत उपलब्ध गराउने भएकाे छ । गाउँपालिका क्षेत्रका बासीन्दालाई उपचार गराउने क्रममा चिकित्सककाे सल्लाहमा आवश्यक पर्ने रक्त निशुल्क उपलब्ध बुधबार नेपाल रेडक्रस साेसाइटी पर्सा शाखासंग सम्झाैता गरिएकाे प्रमुख प्रशासकिय अधिकृत राजु साहले वताए ।

रेडक्रसकाे पर्सा शाखा र बिन्दवासिनी गाउँपालिका बिच रक्तसञ्चार केन्द्रबाट निशुल्क रगत उपलब्ध गराउन पांच बुंदे सम्झौता हस्ताक्षर भएकाे हाे । रेडक्रस पर्सा शाखाका सभापति बिरेन्द्र राज कंडेल र बिन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु शाहले सो सम्झौता-पत्र हस्ताक्षर गरेका छन् ।

बिन्दवासिनी गाउँपालिकाका बिपन्न एवं गरिब बिरामिहरुलाइ सहुलियत मिलोस भन्ने उदेश्यले सो सम्झौता गरिएको प्रमुख प्रशासकिय अधिकृत शाहले बताए ।

सम्झाैता अनुसार उपलब्ध गराईने रगतकाे ब्याग, क्रसमैच, ग्रुपिङ एवम् परिक्षण वापतकाे प्रति यूनिट रु एक हजार ५० का दरले गाउँपालिकाले रेडक्रसलाई उपलब्ध गराउने रेडक्रस पर्साका कोषाध्यक्ष महन्थ प्रसाद यादवले वताए ।

प्रत्येक गाउँ, नगरपालिका, महानगरबाट समेत यस प्रकारको सम्झौता गरि हरेक बिरामिलाई निशुल्क रुपमा रगत सजिलै उपलब्ध गराउनमा हामिले समन्वय गर्दै आएकाे रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...