Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

मतदातालाई प्रभावित बनाउन पैसाको खेल कदापी स्विकार्य हुँदैन : गठबन्धन

spot_img
spot_img

वीरगंज । लोकतान्त्रिक ब्यवस्थाको प्राण मानिने आवधिक निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र र कुनै पनि किसिमको अवान्छित गतिबिधिबाट मुक्त राख्न जरुरी हुन्छ भन्दै वीरगंजमा पाँच दलीय गठबनधनको तर्फबाट प्रेस विज्ञप्ति जारी भएको छ ।

जनताको सबभन्दा नजिकको सरकार भनिने ‘स्थानीय तह’को निर्वाचन स्वतन्त्र र निश्पक्ष बनाउन राजनीतिक दल, सरकारका निकायहरु र प्रत्येक मतदाताको भुमिका महत्वपुर्ण रहेको भनिएको छ । यसको ठिक बिपरित वीरगन्ज महानगरपालिकाको आसन्न स्थानीय तह निर्वाचनको क्रममा बिपक्षी नेकपा एमालेका उम्मेदवारको हर्कतले राजनीतिक संस्कारलाई लज्जित तुल्याएको बिज्ञप्तिमा बताइएको छ ।

‘पैसाको बिटो बोकी एमालेका यहाँका मेयर पदका उम्मेदवार विजयकुमार सरावगी वीरगंज–१६, नगवामा पुगेको बेला मध्यरातमा समातिएर जनताको प्रतिवादमा परेका छन् । लोकतान्त्रि ब्यवस्थामा अशोभनीय, अमर्यादित र निकृष्ट गतिबिधिको रुपमा यसलाई लिन सकिन्छ ।

आम मतदातालाई प्रभावित बनाउन पैसाको खेल कदापी स्विकार्य हुन सक्दैन,’ घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै बिज्ञप्तिमा भनिएको छ, ‘यस्तो हर्कत आइन्दा नगर्न नगराउन सम्बन्धीत उम्मेदवारलाई चेतावनी दिन चाहन्छौं । त्यसै आफ्नो उम्मेदवारलाई नियन्त्रण तथा मार्यादामा बसाउन नेकपा एमाले पार्टीलाईसमेत आग्रह गर्दछौं ।’

निर्वाचन आचार संहिता बिपरित भइरहेको यस्ता गतिबिधि रोक्न स्थानीय प्रशासन, जिल्ला निर्वाचन कार्यालय, प्रमुख निर्वाचन अधिकृतको कार्यालय र सूरक्षा निकायको अहिलेसम्म वीरगन्ज महानगरपालिकामा निर्वाचन आचार संहिता पालना गराउने सवालमा यि निकायहरुको भुमिका सन्तोषप्रद नभएको जनगुनासो पाइएको ध्यानाकर्षण गराइएको छ ।

मतदतालाई आर्थिक प्रभावमा पार्न खोज्ने गतिबिधि नियन्त्रण गरेर प्रतिबादको अवस्थालाई प्रतिकारकमा रुपान्तरण हुनबाट रोक्न तथा संहिता संहीता पालना गराउन सम्बन्धीत सबैलाई सचेत हुन आग्रह गर्दछौं ।

नेपाली काँग्रेसका पर्सा उपसभापति अशोक गुप्ता, जनता समाजवादी पार्टी, नेपालका पर्सा अध्यक्ष रामनरेश प्रसाद यादव, नेकपा एकिकृत समाजवादीपका पर्साका अध्यक्ष बालगोपाल थापा र नेकपा माओवादी, केन्द्रकी केन्द्रीय सदस्य शेष चाँदताराद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...