Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगंज ११ मा जसपाको घरदैलो सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा जनता समाजवादी पार्टी (जसपा) को घरदैलो सम्पन्न भएको छ ।

वीरगञ्जको श्रीपुर धर्मशालाबाट जसपाको वडाध्यक्षका उम्मेदवार अजय चौरसियाको नेतृत्वमा घरदैलो सुरु भएकाे थियाे । ५ सय जना वडाबासीको उपस्थितीमा भएको घरदैलो मुर्ली चौक, त्रिमुर्ती चौक हुँदै रानिघाटसम्म पुगेर सम्पन्न भएकाे थियो ।

घरदैलोकाे क्रममा जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार राजेशमान सिंहले पनि वडाबासीसँग भोट मागेका थिए । वडा नम्बर ११ का बासिन्दाले पनि आफुलाई नै भोट दिने प्रतिक्रिया दिएकाे मेयरका उम्मेदवार सिंहले वताए ।

वीरगञ्जको बिकास र परिवर्तनका लागि र सुशासन कायम गर्नका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन घरदैलोकाे क्रममा आग्रह गरिएको वताइएकाे छ ।

घरदैलोमा जसपाका स्थानीय नेताहरु जगन महतो, अजिम हवारी, वकिल हवारी, शनि महतो, जसपा इकाई अध्यक्ष पर्सन महतो, बिनोद महतो धानुक, बाबुलाल साह लगायतको उल्लेख्य उपस्थिती रहेको जसपाका युवा नेता निरज पाण्डेले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...