Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

मध्य रातमा सरावगीले पैसा बाँडेकाे भन्दै स्थानियकाे विराेध, रातभरी नगवामा तनाव

spot_img
spot_img

वीरगंज । नेकपा एमालेका वीरगंज महानगरपालिकाका मेयरका उम्मेदवार निर्वतमान मेयर विजय कुमार सरावगीले मध्य रातमा पैसा बाँडेकाे भन्दै स्थानियले विराेध गरेका छन् ।

साेमबार राति १२ बजे वीरगंज महानगरपालिकाकाे वडा नं. १६ नगवास्थित एक नेपाली कांग्रेसका नेताकाे घरमा सरावगी पुगेपछि स्थानियहरु विराेध गरेका हुन् । रातीकाे समयमा निर्वाचन आचारसंहिता विपरित कसैकाे घरमा किन पस्नु भएकाे भन्दै सरावगीलाई साेही घरमा स्थानियले थुनेर प्रहरीलाई खबर गरेका थिए ।

स्थानियकाे खबर पश्चात पुगेकाे प्रहरीले ३ घण्टापछि मंगलबार विहान ३ बजे स्कटिङ गरी कडा सुरक्षा घेराकाे बिच उनलाई घर पुर्याएकाे थियाे । प्रहरीलाई साे घर खनतलाशी गर्न स्थानियले आग्रह गरेपनि प्रहरीले नगरेकाे भन्दै उनीहरुले प्रहरी र सरावगी विराेध हाेहल्ला गर्दै नाराबाजी समेत गरेका थिए ।

स्थानियकाे भिड नियन्त्रणमा लिन वाक्लाे संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेका थिए । रातिकाे समय पैसा बाँडने उद्देश्यले माेटरसाइकलमा नगवास्थित कांग्रेसी नेताकाे घरमा मेयरका उम्मेदवार सरावगी पुगेकाे स्थानियहरुले वताए ।

 साे २२० सिसीकाे पल्सर माेटरसाइकल पनि आफुहरु नियन्त्रमा लिएर प्रहरीलाई बुझाएकाे स्थानियहरुले वताए । 

सयाैंकाे संख्यामा जम्मा भएकाे स्थानिय र प्रहरी बिच केही बेर तनाव समेत सृजना भएकाे थियाे भने रातभरी साे क्षेत्रका स्थानियहरु सरावगीकाे निग्रानीमा जाग्रम समेत बसेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...