Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

मध्य रातमा सरावगीले पैसा बाँडेकाे भन्दै स्थानियकाे विराेध, रातभरी नगवामा तनाव

spot_img
spot_img

वीरगंज । नेकपा एमालेका वीरगंज महानगरपालिकाका मेयरका उम्मेदवार निर्वतमान मेयर विजय कुमार सरावगीले मध्य रातमा पैसा बाँडेकाे भन्दै स्थानियले विराेध गरेका छन् ।

साेमबार राति १२ बजे वीरगंज महानगरपालिकाकाे वडा नं. १६ नगवास्थित एक नेपाली कांग्रेसका नेताकाे घरमा सरावगी पुगेपछि स्थानियहरु विराेध गरेका हुन् । रातीकाे समयमा निर्वाचन आचारसंहिता विपरित कसैकाे घरमा किन पस्नु भएकाे भन्दै सरावगीलाई साेही घरमा स्थानियले थुनेर प्रहरीलाई खबर गरेका थिए ।

स्थानियकाे खबर पश्चात पुगेकाे प्रहरीले ३ घण्टापछि मंगलबार विहान ३ बजे स्कटिङ गरी कडा सुरक्षा घेराकाे बिच उनलाई घर पुर्याएकाे थियाे । प्रहरीलाई साे घर खनतलाशी गर्न स्थानियले आग्रह गरेपनि प्रहरीले नगरेकाे भन्दै उनीहरुले प्रहरी र सरावगी विराेध हाेहल्ला गर्दै नाराबाजी समेत गरेका थिए ।

स्थानियकाे भिड नियन्त्रणमा लिन वाक्लाे संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेका थिए । रातिकाे समय पैसा बाँडने उद्देश्यले माेटरसाइकलमा नगवास्थित कांग्रेसी नेताकाे घरमा मेयरका उम्मेदवार सरावगी पुगेकाे स्थानियहरुले वताए ।

 साे २२० सिसीकाे पल्सर माेटरसाइकल पनि आफुहरु नियन्त्रमा लिएर प्रहरीलाई बुझाएकाे स्थानियहरुले वताए । 

सयाैंकाे संख्यामा जम्मा भएकाे स्थानिय र प्रहरी बिच केही बेर तनाव समेत सृजना भएकाे थियाे भने रातभरी साे क्षेत्रका स्थानियहरु सरावगीकाे निग्रानीमा जाग्रम समेत बसेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...