Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

सखुवा प्रसाैनीकाे वडा नं. १ मा कडेलकाे चर्चा

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिएका दिपेन्द्र कडेल चुनाव प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।

सरकारी जागीर छोडेर वडाध्यक्षका उम्मेदवार बनेका कडेल अहिले घरदैलाे लगायतका चुनावी कार्यक्रममा व्यस्त छन् । मनवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका उनी वडाकाे विकासकाे विभिन्न एजेण्डा साथ चुनावी मैदानमा होमिएका छन् ।

सामान्य परिवारमा जन्मिएर अभाव र समस्याबाट गुज्रिदा गरेको संघर्षकै परिणामस्वरुप आज उनी सक्षम एवम् योग्य उम्मेदवारको रुपमा पार्टीले र वडाबासीले पत्याएकाे स्थानियहरुले वताएका छन् । विभिन्न समाजिक संस्थामा निकै लाेकप्रिय काम गरेका उनी वडाबासीकाे पनि मन जित्न सफल देखिएका छन् ।

गाउँमा शिक्षित एवम् बिकासको भिजन नभएका जनप्रतिनीधिहरु हुँदा संघियताको आभाष जनताले गर्न नपाएको भान भएपछि कडेल वडाध्यक्षको उम्मेदवारी दिने निधोमा पुगेकाे वताए । अहिले आफु वडा अन्तर्गत विभिन्न टाेल र बस्तीमा आफ्नाे एजेन्डा साथ मत मागि रहेकाे कडेलले कालिका टाईम्ससंग कुरा गर्दै वताए ।

वडाबासीहरुले पनि आफुलाई आफ्नाे चुनाव चिन्ह रुख छापमा मतदान गरी विजयी बनाउने विश्वास दिलाईरहेकाे उनले वताए ।आफु वडाध्यक्षमा निर्वाचित भए वडालाई समृद्ध बनाउन र वडाबासीले गरेको आशालाई सार्थकतामा बदल्न कुनै कसर बाँकी नराख्ने कडेलले प्रतिबद्धता समेत जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...