Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

सखुवा प्रसाैनीकाे वडा नं. १ मा कडेलकाे चर्चा

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिएका दिपेन्द्र कडेल चुनाव प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।

सरकारी जागीर छोडेर वडाध्यक्षका उम्मेदवार बनेका कडेल अहिले घरदैलाे लगायतका चुनावी कार्यक्रममा व्यस्त छन् । मनवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका उनी वडाकाे विकासकाे विभिन्न एजेण्डा साथ चुनावी मैदानमा होमिएका छन् ।

सामान्य परिवारमा जन्मिएर अभाव र समस्याबाट गुज्रिदा गरेको संघर्षकै परिणामस्वरुप आज उनी सक्षम एवम् योग्य उम्मेदवारको रुपमा पार्टीले र वडाबासीले पत्याएकाे स्थानियहरुले वताएका छन् । विभिन्न समाजिक संस्थामा निकै लाेकप्रिय काम गरेका उनी वडाबासीकाे पनि मन जित्न सफल देखिएका छन् ।

गाउँमा शिक्षित एवम् बिकासको भिजन नभएका जनप्रतिनीधिहरु हुँदा संघियताको आभाष जनताले गर्न नपाएको भान भएपछि कडेल वडाध्यक्षको उम्मेदवारी दिने निधोमा पुगेकाे वताए । अहिले आफु वडा अन्तर्गत विभिन्न टाेल र बस्तीमा आफ्नाे एजेन्डा साथ मत मागि रहेकाे कडेलले कालिका टाईम्ससंग कुरा गर्दै वताए ।

वडाबासीहरुले पनि आफुलाई आफ्नाे चुनाव चिन्ह रुख छापमा मतदान गरी विजयी बनाउने विश्वास दिलाईरहेकाे उनले वताए ।आफु वडाध्यक्षमा निर्वाचित भए वडालाई समृद्ध बनाउन र वडाबासीले गरेको आशालाई सार्थकतामा बदल्न कुनै कसर बाँकी नराख्ने कडेलले प्रतिबद्धता समेत जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...