Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

झुठो कसम खाएर जनतालाई ठग्नेहरुको दिन सक्यो : राजेशमान सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ३१ बेलवाका बासिन्दाले गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंहको जित सुनिश्चित भएको बताएका छन् ।

पाँच दलीय गठबन्धनको मेयरको साझा उम्मेदवार सिंहले नै अब बेलवासहित अन्य ग्रामिण वडाका नागरिकको विश्वास पात्र भएको बेलवाका स्थानीय जयनारायण यादवको भनाई छ । बेलवामा सिंहको रोड शोमा सहभागीहरुले गत निर्वाचनमा पराजय भएर पनि विभिन्न आपत विपतमा जनताकै सेवामा समर्पित भएका सिँह नै महानगरको मेयरका लागि योग्य व्यक्ति भएको बताएका हुन् ।

रोड शोका क्रममा बेलवाका बासिन्दासँग कुराकानी गर्दै मेयरका उम्मेदवार सिंहले अब भ्रष्टाचारी र घुसखोरीको समय सकिएको बताए । वीरगञ्जबासीलाई झुठा आश्वासन दिएर मधेशी जनताको मतबाट पदमा पुगेर अहिले मतको अपमान गर्दै मधेशविरोधी पार्टीमा प्रवेश गरेका व्यक्तिलाई अब जनताले विश्वास नगर्ने सिंहको भनाई छ ।

ग्रामिण वडालाई सडकसञ्जालमार्फत महानगरसँग जोडिने र नगरबासीलाई परिवर्तनको प्रत्याभुती गराउने सिंहको प्रतिबद्धता छ । उनका अनुसार जनतालाई बिकासको आभाष दिलाएर प्रशासनिक कामलाई सहज, सरल र पारदर्शी बनाइने छ ।

त्यसैगरी कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य जनत अन्सारीले महानगरको यसअघिका मेयरले विकास निर्माणको कुनै काम नगरेको र जनतालाई साढे ४ वर्षसम्म मुर्ख मात्र बनाएको आरोप लगाए । अन्सारीले भने, ‘यसअघिका मेयरले जनतालाई मुर्ख मात्र बनाएका छन् । कमिसनको चक्करमा विकास निर्माणको कुनै काम गरेनन् अहिले जनताले प्रश्न गर्दा प्रदेश र केन्द्रीय सरकारमाथि दोष थोप्दै छन् ।’

बेलवामा हजारौको उपस्थितीमा भएको रोड शोमा जसपाका नेता एवम् कार्यकर्ताहरुले सिंहको समर्थनमा नाराबाजी गरेका थिए । कार्यक्रममा जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...