Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सिर्सियामा जसपाको घरदैलो, स्थानियकाे उत्साहजनक सहभागिता

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल वीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सिया कमिटिले आयोजना गरेको घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ ।  

वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर जसपा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ को तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार आशुतोष चतुर्वेदीको नेतृत्वमा आइतबार आयोजना गरिएको घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको हो ।

कार्यक्रममा पाँच दलीय गठबन्धनको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह लगायत जसपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका साझा उम्मेदवार राजेशमान सिंहले वडा नम्बर २५ र समग्रमा वीरगञ्जको विकासको एजेण्डा बोकेर अगाडि बढेको जसपाको जित निश्चित रहेको बताए ।

साढे ४ वर्षसम्म वीरगञ्जमा हुन नसकेको विकास र जनप्रतिनिधिहरुले देखाएको रवैयालाई मूल्यांकन गर्दै जनताले यस पटक साझा गठबन्धन र जसपाका उम्मेदवारलाई जिताउने सिंहले विश्वास व्यक्त गरे ।

जनताको सेवक बनेर निर्वाचित भएर गएका जनप्रतिनिधिहरुको कुर्सिमा पुगेर राजा बनेको आरोप लगाउँदै वडा अध्यक्ष उम्मेदवार आशुतोष चतुर्वेदीले सिर्सिया गाउँको विकास र समृद्धि जसपाको नेतृत्वमा मात्र सम्भव भएको बताए ।

चतुर्वेदीले पनि गठबन्धनका साझा मेयर पदका उम्मेदवार राजेशमान सिंहलाई छाता र उमपेयर पदका उम्मेदवार इम्तियाज आलमलाई रुख छापमा मतदान गर्न र वडामा आफ्नो प्यानलका सम्पूर्ण उम्मेदवारलाई छाता छापमा मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल लगायत सयौं स्थानीयहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...