Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

परवानीपुरकाे बहुअरीमा जसपाको घरदैलो

spot_img
spot_img

आनन्द पटेल/
परवानीपुर । बाराको परवानीपुर गाउँपालीका वडा नं ५ बहुअरी टोलमा  जनता समाजवादी पाटी (जसपा) को घरदैलो कार्यक्रम समपन्न भएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै चुनाव प्रचार प्रसार कार्यक्रम तथा घरदैलो अभियानलाई पार्टीले तिब्रता दिएको हो । 

परवानीपुर गाउँपालीकाका मेयर पदका उमेदवार सन्जु साह, वडा अध्यक्ष पदका उमेदवार रामेश्वर साह कलवार सहितको टोलिले वडा नं. ५ बहुअरी टोलमा जनता दर्शन तथा घरदैलो गरेको छ । पार्टीका सयौं नेता तथा कार्यकताहरुको उपस्थितीमा गरिएको घरदैलो कार्यक्रममा छाता छाप चुनाव चिन्हमा मतदान गरी जिताउन आह्वान गर्नुका साथै नागरिकहरुका समस्या तथा गुनासाहरुको बारेमा पनि जानकारी लिइएकाे थियाे ।

परवानीपुर जसपा पार्टीकाे तर्फबाट गाउँपालीका प्रमुखको उम्मेदवार बनेका युवा नेता सन्जु साहले परवानीपुर गाउँपालीकालाई नेपालमै बिकास र परीवर्तनको रुपमा बिकास गर्नको लागि जनता समाजवादी पाटी नै चुनाव जित्नुपर्ने जिकिर गरे । उनले सबै प्रकारको समृद्धि अहिलेको आवश्यकता भएको धारणा राख्दै आफु बाहेकको मेयर जितेमा यस पालीकाको बिनास हुने र पालीकाबासीको हितमा नभएर ठेक्का र पैसा कमाउने काम बाहेक अन्य काम केही नहुने जिकिर समेत गरे ।

उनले महिला, बालबालिका, ज्येष्ठ नागरिकको पार्टी जसपा भएकाले जसपामा आउनेको लहर लागेकाले आफनो जीत निश्चित रहेको बताए । शनिबारकाे घर दैलो कार्यक्रममा पार्टीका वरीष्ट नेता रामचन्द्र सिंह, हरिनारायण साह, आनन्द यादव, भुपेन्द्र पटेल, सरोज यादव, त्रीलोक प्रताप सिंह लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...