Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

गठबन्धन बैठक : राजेशमान र इमित्याजलाई जिताउने प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । वीरगंजमा बसेको पाँच दलीय गठबन्धनको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयरमा गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

शनिबार वीरगंजस्थित पूजन होटलमा बसेको पाँच दलीय गठबन्धनका शिर्ष नेता र उम्मेदवारहरुको बैठकले गठबन्धनको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीको तर्फबाट राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसको तर्फबाट इम्तियाज आलमलाई मतदान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

गठबन्धन आबद्ध दलहरुले निर्वाचनमा एक अर्कालाई नसघाउने हल्ला चलिरहेको बेला पाँच वटै दलका शिर्ष नेता र उम्मेदवारहरुले बैठक मार्फत गठबन्धनका साझा उम्मेदवार राजेशमान र इमित्याजलाई जिताउने प्रतिबद्धता जनाएर हल्लालाई मत्थर पारिदिएका छन् ।

बैठकमा उपस्थित पाँच वटै दलका वडा अध्यक्षका उम्मेदवारहरुले वडामा आफ्नो प्यानलको लागि प्रचार प्रसार गर्ने र मेयर तथा उपमेयरमा गठबन्धनका साझा उम्मेदवार राजेशमान र इम्तियाजका लागि प्रचार प्रसार गर्दै मतदाताहरुसँग भोट दिन आग्रह पनि गर्ने प्रतिबद्धता जनाएको जसपाका सचिव तबरेज अहमदले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले संविधान र लोकतन्त्र विरोधी शक्तिहरुलाई परास्त गरी देशमा पुनः सुशासन, कानुन व्यवस्था स्थापना गर्दै विकासको बाटो तर्फ अघि बढाउन गठबन्धनका उम्मेदवारहरु जित्ने पर्ने बताएका थिए । गठबन्धनका उम्मेदवार नजिते देशमा पुनः एक पटक विदेशी शक्तिको इशारमा चल्ने पार्टीहरु हावी हुने र मुलुकको भविष्य अन्धकार तर्फ धकेलिने नेताहरुको भनाइ थियो ।

बैठकमा जसपाका केन्द्रीय सदस्य एवम् सङ्घीय सांसद् प्रदीप यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद चौधरी, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, नेकपा एसका जिल्ला अध्यक्ष बालगोपाल थापा, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राम दरश प्रसाद कुशवाहा, संविधान सभा सदस्य अनिल रुङ्गटा, प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका उपसभापति रामनारायण कुर्मी, गठबन्धनका साझा मेयर पदका उम्मेदवार एवम् जसपा नेता राजेशमान सिंह, उपमेयर उम्मेदवार एवम् नेपाली कांग्रेसका नेता इम्तियाज आलम, कांग्रेसका नेताहरु श्याम पोखरेल, नेकपा एसका नेता मनोज चौधरी लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

म्याद सकिए पनि घडिअर्वा पोखरीदेखि स्विमिङ पुलसम्म ठेकेदारकै कब्जामा

वीरगंज । वीरगंज महानगरपालिकाअन्तर्गत रहेका घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार तथा पुरानो बसपार्कको ठेक्का सम्झौताको म्याद गत आर्थिक वर्षको असार मसान्तमै सकिए पनि...

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...