Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

रम्भा मिश्रकाे संकल्प पत्र : वीरगंज बजार २४ सै घण्टा सुचारु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरको उपमेयरका स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले आफ्नो ‘संकल्प पत्र’ सार्वजनिक गरेकी छिन् । शुक्रबार वीरगंज आयोजित पत्रकार सम्मेलनमा उपमेयरकी उम्मेदवार मिश्राले वीरगंज महानगरपालिकाको विकासको लागि आफ्नो चुनावी ‘संकल्प पत्र’ सार्वजनिक गरेकी हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उपमेयरकी उम्मेदवार मिश्राले पुरुष प्रधान देशमा महिलाहरु सधैं उपेक्षामा पर्दै आएको बताइन् । उनले देशमा भएका थुप्रै व्यवस्था परिवर्तनले अवस्थालाई परिवर्तन गर्न नसकेको भन्दै आधा धर्ती आधा आकाश ओगटेका महिलालाई अहिलेपनि समाजले बराबरीको रुपमा स्वीकार्न नसकेको बताइन् ।

घरेलु हिंसा, महिला हिंसा, यौन दुव्र्यवहार, लैंगिक विभेद जस्ता घटनाहरु अहिले पनि दिनहुँ भइरहेको छन्, महिलालाई पुरुष भन्दा कम आँक्ने समाजको पितृसतात्मक दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता मिश्राको भनाइ छ । उनका अनुसार एकजना शिक्षित महिलाले घर परिवारलाई शिक्षित बनाउन सक्छ भने शिक्षित महिला नेतृत्वमा पुगे समाज नै शिक्षित बन्छ भन्ने कुरा प्रमाणित गर्नका लागि राजनीतिक दलभन्दा माथि उठेर स्वतन्त्रबाट वीरगन्ज महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएको बताइन् ।

विगत लामो समयदेखि विभिन्न किसिमका सामाजिक संघसंस्थामा आबद्ध भएर समाजको लागि गर्दै आएका काम र गत निर्वाचनमा भोग्नु परेको पराजयले सिकाएको पाठको आधारमा मेरो योगदानको मूल्याङ्कन नगरवासीले गर्नुहुनेछ भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताइन् ।

मिश्राले स्वच्छ छवि, स्वच्छ विचार, निःस्वार्थ स्वभाव, इमान्दारिता, निर्भिकता, निष्ठासँगै वित्तीय व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी महिला उपमेयरमा निर्वाचित हुनुले महिलाहरुको सशक्तिकरण, महिलाका हक अधिकार लगायतको क्षेत्रमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरिन् ।

उनले मुलधारका राजनीतिक दलहरुले पनि मधेश प्रदेशकै एक मात्र महानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनको नाममा महिलालाई नीति निर्माण तहमा पुग्ने संवैधानिक सुनिश्चिततालाई पनि कुण्ठित पारेको आफूले महसुस गरेको भन्दै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफूलाई उपमेयरमा निर्वाचित गराई महिला अधिकार, स्वभिमान, आत्मसम्मानको रक्षा गर्न सम्पूर्ण नगरबासीमा आग्रह गरिन् ।

मिश्राको घोषणापत्रमा महिला सशक्तिकरण देखि महानगरको भौतिक पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, युवा तथा बालबालिका, कृषि, सरसफाइ, सामाजिक न्याय, उद्योग पर्यटनका विषयहरु प्राथमिकतामा राखिएको छ । वीरगंज महानरपालिकाको विकासका लागि मेरो संकल्प पत्र नामक उनको चुनावी घोषणापत्रमा महिलाको विषयले पहिलो प्राथमिकता पाएको छ ।

उनले महिला सशतिmकरणका लागि विभिन्न सिपमुलक तालिम तथा प्रशिक्षणहरुको आयोजना गर्ने, हरेक वडाका कम्तिमा ५ सय महिलालाई सिपमुलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने, गरिब, दलित एंव अति विपन्न परिवारका छोरीहरुको विवाहका लागि आवश्यक सहयोग गर्ने वाचा गरेकी छन् ।

यस्तै साुमदायिक विद्यालयहरुलाई छात्रा मैत्री बनाउन पहल गर्ने, छात्राहरुलाई आत्मसुरक्षाका लागि तालिम प्रदान गर्ने, हरेक वडामा एमबिबिएस सहितको स्वास्थ्य चौकी र प्रसुती गृहको स्तरोन्न्ती स्थापनाका लागि पहल गर्ने, हरेक वडामा निशुल्क एम्बुलेन्स सुविधाका लागि पहल गर्ने, विपन्न परिवारकी सुत्केरी महिलालाई पोषणका लागि ३ महिनासम्म प्रति महिना ५ हजारको दरले सुत्केरी भत्ता उपलब्ध गराउने बुदा मिश्राको घोषणापत्रमा उल्लेख छ ।

प्रत्येक टोलमा युवाहरुको फिट्नेसका लागि निःशुल्क फिट्नेश क्लबको स्थापना गर्ने, प्रत्येक वडामा निःशुल्क व्यवस्थित सार्वजनिक शौचालय निर्माण गर्ने, सरसफाईमा लागि रहेको शुल्क पुर्ण रुपमा हटाउने, न्यायिक समितिलाई जनमैत्री बनाउन घरदैलोमा नियमित सुनुवाई र छलफल आयोजना गर्ने बुदा पनि घोषणापत्रमा समावेश गरिएको छ ।

करको दायरा घटाउने, वीरगंज बजार २४ सै घण्टा सुचारु राख्ने, किसानका लागि नियमित तालिमको आयोजना गर्ने, सहज विउविजन र मलखादको उपलब्धताका लागि ठाँउ ठाउँमा सुपथ मुल्यको डिपो स्थापनाका लागि पहल गर्ने, नारायणी अस्पताललाई शिक्षण अस्पतालमा स्तरोन्नित गर्न पहल गर्ने, ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्वविधालयको रुपमा स्तरोन्नती गर्न पहल गर्ने बुदा पनि रम्भा मिश्राको चुनावी घोषणा पत्रमा लेखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

म्याद सकिए पनि घडिअर्वा पोखरीदेखि स्विमिङ पुलसम्म ठेकेदारकै कब्जामा

वीरगंज । वीरगंज महानगरपालिकाअन्तर्गत रहेका घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार तथा पुरानो बसपार्कको ठेक्का सम्झौताको म्याद गत आर्थिक वर्षको असार मसान्तमै सकिए पनि...

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...