Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

वीरगंज १३ मा कांग्रेसकाे घरदैलाे

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १३ मा पनि नेपाली काँग्रेसले चुनावी घरदैलो र भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ । वडा नम्बर १३ मा काँग्रेसका वडा अध्यक्षका उम्मेदवार रुस्तम शेखले बिहीबार नेता कार्यकर्ताहरुको साथमा मुर्ली, राधेमाई, तेजरा टोलेमा हरेक मतदाताको घरमा पुगेर घरदैलो कार्यक्रम गरेका हुन् ।

त्यसक्रममा वडा अध्यक्षका उम्मेदवार शेखले काँग्रेसका उम्मेदवारलाइ मत दिएर जिताउन आग्रह गरे । राजनीति एवम् सामाजीक पेशामा आबद्ध भइ वडा नम्बर १३ का जनताको सुख दुःखमा साथ दिनुका साथै वडाको बिकासका लागि काम गरीरहेका शेखले अब वडा अध्यक्षमा निर्वाचित भएर वडालाई समृद्ध बनाउने बताएका छन् ।

बिहीबारको घरदैलो कार्यक्रममा कांग्रेसका पूर्व जिल्ला सभापति अजय दुवेदी, उप मेयरका उम्मेदवार इम्तियाज आलम,  पुर्व जिल्ला सचिव श्याम पटेल, क्षेत्रिय सभापति अरविन्द गुप्ता,  बुथ सभापति कविर अन्सारी, नेवि संघ पर्साका सभापति बिकाश तिवारी, सचिव समीर मंसूरी, सह सचिव सेराज अंसारी, वडा सदस्यका उम्मेदवार अलाउदिन अंसारी, प्रज्वल साहि, महिला सदस्य निर्मला देवी, दलित महिला सदस्य बिगन देवी धाेवी लगायतकाे सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...