Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंज १३ मा कांग्रेसकाे घरदैलाे

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १३ मा पनि नेपाली काँग्रेसले चुनावी घरदैलो र भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ । वडा नम्बर १३ मा काँग्रेसका वडा अध्यक्षका उम्मेदवार रुस्तम शेखले बिहीबार नेता कार्यकर्ताहरुको साथमा मुर्ली, राधेमाई, तेजरा टोलेमा हरेक मतदाताको घरमा पुगेर घरदैलो कार्यक्रम गरेका हुन् ।

त्यसक्रममा वडा अध्यक्षका उम्मेदवार शेखले काँग्रेसका उम्मेदवारलाइ मत दिएर जिताउन आग्रह गरे । राजनीति एवम् सामाजीक पेशामा आबद्ध भइ वडा नम्बर १३ का जनताको सुख दुःखमा साथ दिनुका साथै वडाको बिकासका लागि काम गरीरहेका शेखले अब वडा अध्यक्षमा निर्वाचित भएर वडालाई समृद्ध बनाउने बताएका छन् ।

बिहीबारको घरदैलो कार्यक्रममा कांग्रेसका पूर्व जिल्ला सभापति अजय दुवेदी, उप मेयरका उम्मेदवार इम्तियाज आलम,  पुर्व जिल्ला सचिव श्याम पटेल, क्षेत्रिय सभापति अरविन्द गुप्ता,  बुथ सभापति कविर अन्सारी, नेवि संघ पर्साका सभापति बिकाश तिवारी, सचिव समीर मंसूरी, सह सचिव सेराज अंसारी, वडा सदस्यका उम्मेदवार अलाउदिन अंसारी, प्रज्वल साहि, महिला सदस्य निर्मला देवी, दलित महिला सदस्य बिगन देवी धाेवी लगायतकाे सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...