Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

उप मेयरकी स्वतन्त्र उम्मेदवार मिश्रद्वारा घरदैलोलाई निरन्तरता

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे उप मेयरकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले घरदैलो अभियानलाई तीव्रता दिएकी छन् । मिश्रले वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा  गुलाफ छापमा मतदान गर्न आग्रह गर्दै विभिन्न वडाहरुकाे घर घर पुग्न थालेका हुन् ।

उनले नगरवासिको माया प्रेम सधै पाएकाे वताउँदै चुनावी जस्तो सुकै परिस्थती भए पनि नगरवासी महिला, पुरुष, युवा सबैबाट सहयोग साथ पाउने आशा रहेकाे वताइन ।

बिहिबार वीरगञ्ज महानगरको ग्रामिण २४ र २५ वडा लगायत ईनरवा, नगवामा घरदैलो कार्यक्रममा बोल्दै राजनितीमा महिलाहरुलाई जहिले पनि विभेदमा परीएको देखीन्छ । यसपाली पनि अधिकान्स दलहरु प्रमुख र उप प्रमुख पदमा उम्मेदवारीका लागी टिकट समेत नदिनु महानगरको दुर्भाग्य रहेको बताइन । कुनै महिलालाई समस्या भए समस्या बुझने महिलानै चाहिन्छ भन्दै नगरवासिको चाहना अनुसनर आफु उम्मेदवारी दिएको बताइन ।

विभिन्न ठुला पार्टीहरुको सामना गर्दै विभिन्न चुनौती, वाधा अडचन भए पनि घर घर सबैको माया र आर्शिवादको लागी आएको भन्दै यसपलिको उप मेयरमा गुलाफ छापमा मतदान गर्न आग्रह गरिन ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...