Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

गठबन्धनले दियो घरदैलोलाई निरन्तरता

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेपाली कांग्रेसको गठबन्धनले वीरगञ्जमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । गठबन्धनबाट वीरगञ्जको मेयरमा जसपाबाट राजेशमान सिंह र कांग्रेसबाट उपमेयरमा इम्तियाज आलम उम्मेदवार छन् ।

सिंह र आलमले आइतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ को सुगौलीमा घरदैलो गरेका छन् । घरदैलोकाे क्रममा स्थानीयहरुसँग भेटघाट गर्दै सिंह र आलमले मेयरमा छाता छाप र उपमेयरमा रुख छापमा मतदान गर्न आग्रह गरे । स्थानीयहरुले पनि सिंह र आलमलाई विजयको शुभकामना दिँदै मेयरमा छाता छाप र उपमेयरमा रुख छापमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मेयरका उम्मेदवार सिंहले वीरगञ्जको विकास, राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताउँदै गठबन्धनका मेयर र उपमेयर दुवैले विजय हासिल गर्ने विश्वास व्यक्त गरे ।

सिंहले आफ्नो एक मात्र लक्ष्य नगरको विकास र जनताको सेवा रहेको बताए । जनताको चाहना र नगरको आवश्यकता अनुसार गठबन्धनले विकासलाई अगाडि बढाउने उनले बताए । ‘महानगर समृद्ध बन्नुपर्छ भन्ने सबै नगरबासीको चाहना छ, तर विगतमा नगरको नेतृत्वमा पुगेकाले गर्न सकेनन्’, सिंहले भने, ‘जनअपेक्षा एकातिर थियो, नेतृत्वले अर्कातिर काम गर्यो । म नेतृत्वमा आएँ भने सबैको रायसुझाव लिएर एकीकृत विकासमा लाग्छु ।’

उनले पदमा नरहेपनि जनताको सेवामा आफूले निरन्तर काम गरेको बताउँदै भने ‘पदमा कुनै बेला भइएला, कुनै बेला नभइएला तर म सधै वीरगञ्जबासीसँग छु, हरेक सुखदुःखमा साथमा हुनेछु’, उनले भने, ‘विगतदेखि मैले गर्दै आएको कामलाई अझ फराकिलो रुपमा निरन्तरता दिन्छु ।’

उनले वीरगञ्जमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतमा अझै पछि परेको जनाउँदै त्यसका लागि आफ सधै लाग्ने जनाए ।

त्यस्तै, उपमेयरका उम्मेदवार इम्तियाज आलमलेआफू विजयी भएमा गठबन्धनका नेता, कार्याकर्ता तथा आकांक्षीहरुसँग सुुझाव, सल्लाह र सहकार्य गरी नगरको विकासमा लाग्ने बताए । उनले कांग्रेस र जसपाका कार्यकर्ताहरुलाई समेत इमान्दार भएर चुुनावी अभियानमा लाग्न आग्रह गरे । घरदैलोमा देखिएको उत्साहले आफूहरुको जित सुनिश्चित भइसकेको उनको भनाई थियो ।

घरदैलो कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, नेपाली कांग्रेसका नेता रामरूप कुर्मी,  प्रकाश उपाध्याय, श्याम पोखरेल, जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल, जसपाबाट वडा नम्बर २६ का वडा अध्यक्ष उम्मेदवार ग्यासुदीन मियाँलगायत नेपाली कांग्रेस र जसपाका स्थानीय नेता, कार्यकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...