Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

एक पक्षीय ढंगले अगाडि बढेकाे भन्दै गठबन्धन प्रती नेकपा एसकाे आपती

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजबादी) का वीरगंज महानगर भित्रका विभिन्न वार्डका उम्मेदवारहरुको भेला सम्पन्न भएको छ । पार्टीको महानगर कमिटीद्वरा रोयल पार्टी प्यालेसमा आयोजित उम्मेदवारहरुको भेलाले बर्तमान गठबन्धन प्रती आपती जनाएको छ ।

वीरगंज महानगरमा केन्द्रिय निर्णय बमोजिम बनेको चार दलिय गठबन्धन मध्येका दुई दल जसपा र नेपाली कांग्रेस एक पक्षीय ढंगले अगाडि बढेको बताउँदै भेलाले बर्तमन गठबन्धन प्रती आपती जनएको हो । मेयर र उपमेयरका प्रत्यासीहरुले गठबन्धनमा सम्मेलित प्रत्येक दलका प्रत्येक वार्डका प्रत्यासीहरुसंग समन्वय गर्नुको सटा आ-आफ्ना दलका प्रत्यासीहरुसंग मात्रै समन्वय गरि रहेको हुनाले यो गठबन्धनको औचित्य नरहेको नेकपा एसका उम्मेदवारहरुको ठम्याइ रहेको छ ।

विभिन्न वार्डका प्रत्यासिहरुले गठबन्धनका प्रमुख दलहरुले हाम्रो जनमतको अवहेलना गरि रहेकोले गठबन्धन दलका उम्मेदवारहरुलाई मत हाल्न आफुहरु बाध्य नरहेको समेत बताए । भेलामा केही उम्मेदवारहरुले मन्तव्य राख्दै २०७४ सालको वीरगंज महानगरपालिकाको मत परिणाम अनुसार पहिलो र दोस्रो दल मिलिसकेको हुनाले अन्य कुनै दल वा थप जनमतको आवश्यकता नरहेको बुझाई र घमण्ड जसपा र कांग्रेसमा पलाई सकेको हुनाले आफ्नो जनमतको बैकल्पिक ब्यस्थापनमा लाग्न समेत नेताहरूलाई आग्रह गरेका थिए ।

वीरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरीको अध्यक्षता भएकाे भेलाले गठबन्धनको नाममा अपमान सहेर गठबन्धनको पछ्लगुवा नबन्ने समेत निर्णय गरेको छ ।

भेलामा पार्टीको पोलिटब्युरो सदस्य एवं वीरगंज महानगर इन्चार्ज चिरञ्जीवी आचार्य, जिल्ला अध्यक्ष बालगोपाल थापा, वीरगंज महानगरका उपाध्यक्ष मन्जुर आलम, सचिव बृजलाल पासवान, युवा संघ पर्साका इन्चार्ज अनिल पटेल लगाएतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...