Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

शिक्षामा मौलाएको बेथितिलाई अन्त्य गर्छु : राजेशमान सिंह

spot_img
spot_img

वीरगंज ।  संघीय शिक्षक फोरम नेपाल वीरगञ्ज महानगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने सम्बन्धमा छलफल भएको थियो ।

शिक्षक फोरम नेपाल वीरगञ्ज महानगर समितिका अध्यक्ष गया प्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका उम्मेदवार राजेशमान सिँहले बौद्धिक वर्गसँग समन्वय गर्दै महानगरको बिकास गर्नका लागि आफुले उम्मेदवारी दिएको बताए । 

५ वर्षसम्म सरुवा तथा बडुवा र शिक्षामा भ्रष्टाचार गरेर शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाएको हुँदा अब आफुले शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने सिँहको भनाई छ ।

शैक्षिक माफियाहरु सलबलाएको र बिनाकाम शिक्षकहरुको सरुवा र बडुवा गराएर दुःख दिने परिपाटीको अन्तय गर्नका लागि पनि गठबन्धनलाई जिताउनुपर्ने सिँहले बताए । 

सरकारी विद्यालयको शिक्षालाई समेत यहाँका निवर्तमान मेयर विजयकुमार सरावगीले व्यापार बनाएको आरोप लगाउँदै उनले वीरगञ्ज जसपा नेतृत्वको आए सरकारी विद्यालयमा लाग्ने सम्पूर्ण अनावश्यक शुल्कलाई हटाएर सबैको पहुँचमा शिक्षा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव, नेपाली कांग्रेसको तर्फबाट उपमेयरका उम्मेदवार इम्तियाज आलम, जसपाका केन्द्रिय सदस्य जनार्दन प्रसाद यादव, नेपाली कांग्रेसका नेता श्याम पोखरेल, प्रकाश उपाध्याय, जसपा मधेश प्रदेशकी बरिष्ठ उपाध्यक्ष पिंकी देवी यादव, नेतृ अन्नपुर्ण मानन्धर, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, सचिव तबरेज अहमद, जसपाका नेता मुकेश द्विवेदी लगायतको उपस्थिती रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...