Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कांग्रेसले टिकट दिएकाे अन्सारी विवेकशिल साझाकाे उम्मेदवार

spot_img
spot_img

वीरगंज । बाराकाे फेटा गाउँपालिका अध्यक्षकाे लागि नेपाली कांग्रेसले टिकट दिएकाे रुषत्म अंसारीले पार्टी परित्याग गरेका छन् । कांग्रेसले गाउँपालिका अध्यक्षकाे टिकट दिएपनि उनी पक्षका वडाध्यक्ष उम्मेदवारलाई टिकट नदिएका कारण अन्सारीले कांग्रेस परित्याग गरी प्यानलसहित विवेकशिल साझा पार्टीबाट मनाेनयन दर्ता गराएका हुन् ।

उनले आफुलाई मात्र गाउँपालिका अध्यक्षकाे कांग्रेसले टिकट दिए पनि आफ्नाे पक्षकालाई वडाध्यक्षहरुकाे टिकट नदिएका कारण आफु पार्टी परित्याग गरी अर्काे पार्टीबाट मनाेनयन दर्ता गरेकाे वताए ।

उनले भने “आफु ३० बर्षदेखि नेपाली कांग्रेसमा नै सक्रिय थिए तर कांग्रेसले आफ्नाे टिमलाई टिकट दिने आश्वासन दिदै आएकाे थियाे तर मनाेनयन दर्ताकाे अन्तिम दिन साेमबार ३ बजे आएर आफुलाई टिकट दिएपनि आफ्नाे पक्षका वडाध्यक्षका युवा र याेग्य उम्मेदवारलाई टिकट दिएन । त्यही भएर आफुसहित आफ्नाे पक्षका सम्पूर्णले पार्टी परित्याग गरि विवेशिल साझा पार्टीबाट मनाेनयन दर्ता गराएका छाैं ।” 

अन्सारीले यस अघिकाे निर्वाचनमा कांग्रेसबाटै गाउँपालिका अध्यक्षमा चुनाव लडेका थिए । तर झिनाे मतान्तरले पराजित भएका थिए । उनले कांग्रेसका नेताहरु आफुलाई टिकट दिए पनि वडाध्यक्षकाे टिक पैंसाले बिक्री गरेकाे आराेप लगाए ।

रविन्द्र मिश्र नेतृत्वकाे विवेशिल साझा पार्टी गाउँपालिका अध्यक्षमा अन्सारीसहित, उपाध्यक्षमा निलम साह, वडा नं. १ काे वडाध्यक्षमा संताेष साह कानु, वडा नं. २ काे वडाध्यक्षमा जयकिशुन मुखिया, वडा नं. ३ का वडाध्यक्षमा प्रहलाद साह, वडा नं. ४ काे वडाध्यक्षमा श्री भगवान साह मुखिया, वडा नं. ५ काे वडाध्यक्षमा अजय साह, वडा नं. ६ काे वडाध्यक्षमा अमिरहमजा ठकुराई र वडा नं. ७ काे वडाध्यक्षमा महमख हुसेन अन्सारीले मनाेनयन दर्ता गराएका हुन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...