Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

spot_img
spot_img

वीरगंज । नेपाली काङ्ग्रेसबाट निर्वाचित पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ३ का वडाध्यक्ष दिनेश प्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छ्न् । 

नेकपा एमाले बहुदरमाई नगर कमिटिले आइतबार वीगंजमा आयोजना गरेको एक कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य राजकुमार गुप्ताले वडा अध्यक्ष यादवलाई पार्टीमा प्रबेश गराएका थिए ।

वडाध्यक्ष यादवसंगै वडा सदस्य सामसा खातुन, सरिफ मियाँ, राजकुमार रौनियार, प्रभु यादव लगायतकाले पनि एमाले प्रबेश गरेकाे जनाइएकाे छ ।

कार्यक्रममा नेकपा एमाले पर्सा का सह- सचीव संजिव मिश्रा, जिल्ला कमिटि सदस्य पुरन कुर्मी, नेकपा एमालेका नेता शिव पटेल, प्रमोद कुशवाहा लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

कांग्रेसले पुन: वडाध्यक्षमा यादवलाई टिकट नदिने भएपछि उनी एमाले प्रबेश गरेकाे बुझिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...