Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

spot_img
spot_img

वीरगंज । नेपाली काङ्ग्रेसबाट निर्वाचित पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ३ का वडाध्यक्ष दिनेश प्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छ्न् । 

नेकपा एमाले बहुदरमाई नगर कमिटिले आइतबार वीगंजमा आयोजना गरेको एक कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य राजकुमार गुप्ताले वडा अध्यक्ष यादवलाई पार्टीमा प्रबेश गराएका थिए ।

वडाध्यक्ष यादवसंगै वडा सदस्य सामसा खातुन, सरिफ मियाँ, राजकुमार रौनियार, प्रभु यादव लगायतकाले पनि एमाले प्रबेश गरेकाे जनाइएकाे छ ।

कार्यक्रममा नेकपा एमाले पर्सा का सह- सचीव संजिव मिश्रा, जिल्ला कमिटि सदस्य पुरन कुर्मी, नेकपा एमालेका नेता शिव पटेल, प्रमोद कुशवाहा लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

कांग्रेसले पुन: वडाध्यक्षमा यादवलाई टिकट नदिने भएपछि उनी एमाले प्रबेश गरेकाे बुझिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...