Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

एल.एस. न्युरो हस्पिटलमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । एल.एस. न्युरो एण्ड जेनरल हस्पिटल वीरगंजकाे आयाेजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ मा नबनिर्मित हस्पिटलकाे नयाँ भवनमा भएकाे कार्यक्रम ३ महिलासहित ४४ जनाले रक्तदान गरेका छन् ।

हस्पिटलका अध्यक्ष एवम् बरिष्ठ न्युरो सर्जन डा. श्याम बाबु प्रसादले रक्तदान गरी उद्घाटन गरेकाे कार्यक्रममा डा. अर्जुन पटेल, सुनिल पटेल, बिरेन्द्र साह, सन्तोष पटेल, बिशनु रिजाल, ईन्द्र प्रसाद साह, दिपक प्रसाद कुर्मी, अरविन्द कुमार, सन्जय कुर्मी, रिना कुमारी, सुनिल गुप्ता, हिर्देनारायण साह, राकेश साह कानु, संताेष पटेल, अनुज कुमार पटेल, लगायतकाले रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी वीरगंजका राजन श्रीवास्तव, रक्त संचार केन्द्रका मनिस गुप्ता, जितेन्द्र महतो, राजेन्द्र भट्टराईले प्राविधिक सहयोग गरेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...